थप समाचारआइतबार, माघ १४, २०६९

महिला हिंसा न्यूनिकरणमा समस्या: गृहमन्त्री

हिमालखबर

बालुवाटारमा जारी प्रर्दशन। फाइल फोटो

राजधानीमा भएको एक कार्यक्रममा गच्छेदारले पछिल्लो समयमा महिला हिंसाको घटना बढेको भन्दा पनि राज्य पक्ष र प्रहरी प्रशासनको सक्रियताले घटना सार्वजनिक हुने क्रम बढेको बताए । तर उनले स्रोत साधन, आवश्यक कानुन लगायतको कमिका कारण महिला हिंसा न्यूनिकरणमा समस्या भइरहेको जिकिर गरे ।

गृहमन्त्री गच्छेदारले संक्रमणकालिन अवस्थामा महिला हिंसाका घटना कम गर्न अझै धेरै काम गर्नुपर्ने र त्यस्का लागि सहयोग गर्न सबैसँग आग्रह गरे । तर, कार्यक्रममा महिला अधिकारकर्मीहरुले भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सरकार गंभिर नभएको गुनासो गरे । प्रधानमन्त्री निवास बालुवाटारमा एक महिनादेखि भइरहेको विरोध कार्यक्रम प्रति सरकार उदासिन भएको, बरु शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षेप गर्नुले सरकारले महिला हिंसालाई प्रश्रय दिइरहेको उनीहरुले आरोप लगाए ।

-राधिका श्रेष्ठ (प्रशीक्षार्थी)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>