Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कुन मुल्यमा सहमति हुनसक्छ गरौं: दाहाल - Himalkhabar.com

थप समाचारसोमबार, माघ १५, २०६९

कुन मुल्यमा सहमति हुनसक्छ गरौं: दाहाल

हिमालखबर

पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न १५ माघमा रामेछाप आएका दाहालले आफ्नो पार्टी निकै लचिलो भएको भन्दै सहमतिका लागि विपक्षी दलहरुलाई आग्रह गरेका छन् । “हामी अधिकत लचिलो भएका छौं, आउनुहोस कुन मुल्यमा सहमति हुनसक्छ गरौं,” दाहालले विपक्षी दलहरुलाई आग्रह गरे । उनले १५ जेठभित्रै निर्वाचन गराउनका लागि राजनीतिक दलहरुबीच सहमति जरुरी रहेको बताए ।

१४ माघमा भक्तपुरमा आयोजित कार्यक्रममा स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउनु पर्नेमा जोड दिएका दाहालले एक दिनपछि आफ्नो भनाई फेर्दै अगाडि भने, “हामीले स्वतन्त्र ब्यक्तिको खोजि गरौं भनेका थियौं तर, अहिले त्यो कुरा छोडेका छौं । अब जसको नाममा सहमति जुट्छ त्यही प्रधानमन्त्री हुन्छ, हाम्रो आपत्ति छैन ।”

विपक्षी दलहरु पनि सहभागी
एमाओवादी रामेछाप जिल्ला अधिवेशन उदघाटनका लागि प्रधानमन्त्री बाबुराम भट्टराई आउने खबर पाएपछि ब्यापक विरोधको तयारी गरेका विपक्षी दलहरु उनी नआएपछि एमाओवादीको कार्यक्रममा सहभागी भए ।

सहमतिको राजनीतिलाई जोड दिंदै नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला प्रमुखहरु एमाओवादी जिल्ला अधिवेशनमा सहभागी भएका हुन् । विपक्षी नेताहरु पनि सहभागी भएपछि दाहालले खुशी व्यक्त गर्दै भने, “रामेछापको जस्तो एकता अन्यत्र देखिएन, यस्तो कुरा अन्यत्र पनि सिक्नु पर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>