थप समाचारसोमबार, माघ १५, २०६९

स्वतन्त्र व्यक्तिबारे छलफल भइरहेको छः प्रम

हिमालखबर

अध्यक्ष दाहालले ८ माघमा आफू प्रधानमन्त्री हुन तयार रहेको बताएपछि त्यसको अर्को दिन भट्टराईले दाहालको भनाई हाँसो मजाकमात्रै भएको बताएका थिए ।

एमाओवादी विश्वविद्यालय सम्मेलनको १५ माघमा कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले छिटोभन्दा छिटो निर्वाचन गर्नका लागि आफ्नो दल प्रतिवद्ध रहेको भन्दै स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जाने बारे छलफल भइरहेको बताएका हुन् ।

आजै पार्टीको रामेछाप जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष दाहालले भने जुनसुकै मुल्यमा भए पनि सहमति गर्ने भन्दै स्वतन्त्र व्यक्तिको अडान पार्टीले छोडिसकेको बताएका थिए । विपक्षी दलहरुले स्वतन्त्र व्यक्तिको नेतृत्व मान्य नहुने यसअघि नै स्पष्ट पारिसकेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरु चुनवामा जानुको साटो सरकार परिवर्तनको कुरा गरेर अलमलिएको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>