थप समाचारसोमबार, माघ १५, २०६९
उखु किसानहरु गिरफ्तार
उखुका बोट सहित अगाडि बढेको किसानको जुलुसलाई प्रहरीले बुद्ध चोकमा रोकेपछि केहीबेर किसान र प्रहरीबीच झडप पनि भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई जिल्ला आउने थाहा पाएपछि आफ्ना समस्या बारे जानकारी गराउने र प्रशासनमा धर्ना दिने कार्यक्रममा जाँदा प्रहरीले बल प्रयोग गरी ३९ बढी किसानहरुलाई गिरफ्तार गरेको हो ।
किसानहरुले उखुको मुल्य निर्धारण पूर्व सहमति अनुसार कायम हुनुपर्ने, उखुको मुल्य मिल र तौल केन्द्रमा समान हुनुपर्ने, बिगतका सम्झौताहरु अविलम्ब कार्यान्वयन हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा छन् । तीन साता अघि भारतको विहारमा उखुको मुल्य निर्धारण गरिएको र सो मुल्यमा चिनी उद्योगले उखु लिने सहमति हेटौडामा भएको थियो ।
किसानहरुले सम्झौता अनुसार प्रति क्वीन्टल चार सय ८३ रुपैयाँ ५० पैसा पाउने आशामा उखु काटेका थिए तर उद्योग किसानहरुलाई उक्त मुल्य भुक्तान गर्न तयार नभएपछि आन्दोलनको विकल्प नभएको किसानहरुले बताएका छन् ।
विद्रोही गिरी/नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
