Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आज शहीद दिवस - Himalkhabar.com

थप समाचारमंगलबार, माघ १६, २०६९

आज शहीद दिवस

हिमालखबर

शहीद सप्ताह मुल समारोह समितिको आयोजनामा राजधानीको लैनचौरस्थित शहीदपार्कमा आज बिहान बिशेष समारोहका बीच श्रद्धाञ्जली सभा गरिएको छ । यसै अवसरमा राजधानीको गोकर्णस्थित शहीद पार्कमा पनि दिउँसो विशेष कार्यक्रम गरिदैछ । राजधानी लगायत देशका विभिन्न स्थानमा प्रभातफेरी, रक्तदान, दौड लगायतका विभिन्न कार्यक्रमको समेत आयोजना भइरहेका छन् ।

नेपाली जनतालाई रैती र प्रजाबाट सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती ब्यवस्था र तानाशाही राजतन्त्र बिरुद्धका प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनहरुमा वीर सपुतहरुले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते शहीद दिबस मनाउने गरिन्छ । यस अबसरमा आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ ।

जहानियाँ राणा शासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका नेपालका अमर शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तिका लागि बलिदान दिने ज्ञात अज्ञात शहीदहरुको सम्झनामा प्रत्येक बर्ष माघ १० गतेदेखि एकसाता सम्म शहीद सप्ताहको रुपमा मुलुकभर बिभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

यसैबीच शहीद दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आज एक सन्देश दिंदै वीर शहीदको सपनालाई साकार पार्दै स्वतन्त्र एवं निस्पक्ष निर्वाचनद्वारा संविधानसभाको गठन गरी देशलाई संविधान दिन सकेमात्रै शहीदको सम्मान हुने बताएका छन् । राष्ट्रपति यादवले सन्देशमा सानातिना मतभेद विर्सेर राष्ट्रिय हितका लागि एक हुन पनि अपील गरेका छन् । आर्थिक रूपमा समृद्ध र न्यायपूर्ण समाज निर्माणको परिकल्पनासहित लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान गर्ने वीर शहीदले देखाएको बाटो अनुसरण गर्नु हाम्रा लागि उत्तिकै आवश्यक रहेको पनि उक्त सन्देशमा उल्लेख छ ।

-राधिका श्रेष्ठ (प्रशीक्षार्थी)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>