थप समाचारमंगलबार, माघ १६, २०६९

शरणार्थी शिविरका एकसय घर ध्वस्त

हिमालखबर

१६ माघ मध्यान्ह १२ बजे शिविर अन्तर्गत सेक्टर बि को नरबहादुर खपाड्गी मगरको घरबाट शुरु भएको आगलागीले एक सय घर जेलर नष्ट भएका छन् भने आगो थप सल्किन नदिन अन्य ३० वटा छाप्रा भत्काइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

टिमाइ क्याम्पसका पुर्व सचिव राजमान गुरुङले शरणार्थीको असावधानी र बाक्ला छाप्रा भएका कारण आगलागी भएको बताए । शरणार्थी समेत सचेत नहुँदा आगलागीका घटना दोहोरिने गरेको उनको भनाई छ ।

दमक नगरपालिकाको दमबल, प्रहरी र स्थानीयबासीको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । आगलागीबाट आफ्नो घरबास नष्ट भएका शरणार्थीहरु यतिबेला विचल्लीमा परेका छन् । उनीहरुको धनमाल र पशु चौपाया समेत नष्ट भएका छन् ।
यस अघि १९ मंसीरमा बेलडागी २ मा आगलागी हुँदा ८३ वटा छाप्रा जलेर नष्ट भएका थिए ।
युवराज विवश, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>