थप समाचारमंगलबार, माघ १६, २०६९

प्रधानाध्यापक अपहरित

हिमालखबर

घरबाट विराटनगर आएका प्रधानाध्यापक हरिचरण विश्वासलाई अपरिचित समूहले जबरजस्ती भ्यानमा हालेर अज्ञात स्थलतर्फ लगेको पीडित परिवारले जनाएको छ । विद्यालयको रिक्त रहेको एक दरबन्दीका लागि आबेदन दिएका शिक्षकहरुको परीक्षा गराउन आएका बेला ६२ वर्षीय शिक्षक विश्वास अपहरणमा परेका हुन् ।

अपहरित विश्वासका छोरा निरञ्जन विश्वासका अनुसार बाबुले अपहरणमा पर्ने बित्तिकै अर्को विद्यालयका प्रधानाध्यापक दिलीप चौधरीलाई फोन गरेर जानकारी गराएका थिए । “बुवाले दिलिप सरलाई फोन गरेर नचिनेका मानिसहरुले जबरजस्ती भ्यानमा हालेर लाँदैछन् भनेर फोन गर्ने बित्तिकैदेखि मोबाइल बन्द छ” निरञ्जनले भने ।

अपहरणमा संलग्न रहेको आशंकामा रिक्त पदका लागि परीक्षा दिन आएका सोहन हरिजनलाई मोरङ प्रहरीले नियन्त्राणमा लिएको छ ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>