रमझममंगलबार, माघ १६, २०६९

चलचित्रकर्मीहरुद्वारा आमरण अनसन शुरु

Rishiram Kattel

आमरण अनसनमा बसेका चलचित्रकर्मीहरु

आमरण अनसनमा बसेका चलचित्रकर्मीहरु

चलचित्र विकास बोर्डको अध्यक्ष तत्काल नियुक्ति, बक्स अफिसको व्यवस्थालगायतका माग राखी आन्दोलित चलचित्रकर्मीहरु सरकारले बोर्डको अध्यक्षमा चलचित्र क्षेत्रभन्दा बाहिरको व्यक्ति नियुक्त गरेको भन्दै थप आन्दोलित भएका हुन् ।

आज मध्यान्हदेखि निर्देशक समाजका अध्यक्ष विमल पौडेल, सचिव एम.एस अग्रज, नायक मुकेश ढकाल, प्राविधिक संघका महासचिव अनन्त तिमल्सिना, कलाकार निला बस्नेत र निर्देशक सूर्य रेग्मी गरि ६ जना छन् । नव नियुक्त अध्यक्ष पप्पुको नियक्ति फिर्ता नभएसम्म आमरण अनसनमा बस्ने चलचत्रि निर्देशक एमएस अग्रजले हिमालखबरलाई बताए । उनले भने, “आफ्ना माग पूरा गर्न शहीद हुन समेत तयार छौं ।” संघर्ष समितिका संयोजक निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रकर्मीले कुनै पनि हालतमा चलचित्र क्षेत्रकै बिज्ञलाई बोर्डमा ल्याएरै छोड्ने बताए ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष बोर्डको अध्यक्षमा सक्षम व्यक्ति नियुक्त गर्न माग गरेको केही घण्टामै मन्त्रिपरिषद् बैठकले मैथिल तथा भोजपुरी चलचित्रका निर्माता धर्मेन्द्र मर्वेता पप्पुलाई नियुक्त गरेको थियो ।

ओलीको ऐक्यबद्धता
रिले अनसन गरिरहेका चलचित्रकर्मीहरुले आमरण अनसन शुरु गरेपछि एमाले नेता केपी शर्मा ओली चलचित्र बिकास बोर्डमा पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

ओलीले चलचित्रकर्मीका सवै मागहरु माग जायज भएको बताउदै फिल्म क्षेत्रको निकायमा पनि सरकारले पार्टी कार्यकर्ता भर्ती गर्ने थलो बनाएको भन्दै विरोध जनाए । उनले आन्दोलनमा रहेका चलचत्रिकर्मीलाई भने ,“त्यसैले यो आन्दोलन प्रति मेरो पनि ऐक्यबद्धता छ, सरकारले तपाईहरुको माग पुरा गर्नको विकल्प छैन । ”

उनले १५ माघदेखि रिले अनसनमा बसेका चलचत्रिकर्मीहरुलाई जुस ख्वाएर अनसन तोडाए भने आमरण अनसन शुरु गरेकाहरुलाई माला लगाइदिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>