Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पौडेलले भने, ‘राष्ट्रपति आफैंले सोच्नु पर्‍यो’ - Himalkhabar.com

थप समाचारबुधबार, माघ १७, २०६९

पौडेलले भने, ‘राष्ट्रपति आफैंले सोच्नु पर्‍यो’

हिमालखबर

प्रतिपक्षी दलहरु आन्दोलनमा गएका र सत्तारुढ दलहरुसमेत जनपरिचालन भन्दै सडकमा ओर्लेपछि दलहरुबीच बढ्दो अविश्वास र मुठभेडको अवस्था देखिएका बेला १७ माघमा राष्ट्रपतिले एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएका हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलमा राष्ट्रपति डा यादवले दलहरुलाई निकासका लागि छलफल एवम् वार्ता अघि बढाउन दबाव दिएका छन् । तर, दलका नेताहरुले भने आ–आफ्नै अडान राखेका थिए ।

छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले सत्तापक्षका कारण सहमति जुट्न नसकेको भन्दै सत्तापक्षकै कारण मुठभेडको अवस्था आएको र प्रतिपक्षी दलहरु समेत निकासको लागि आन्दोलनमा जानुपरेको बताए । “चाडो सहमति होस्, निर्वाचन हुन सकोस् भनेर प्रतिपक्षीहरु आन्दोलनमा जान परेको हो, तर सत्तापक्षकै कारण सहमति जुट्न नसकी मुठभेड निम्ताउने काम भइरहेको छ,” अध्यक्ष खनालले भने । उनले प्रतिपक्षीहरुको आन्दोलनले सडकबाटै प्रधानमन्त्री हटाउने पनि बताए ।

अध्यक्ष खनालले राष्ट्रपति डा यादवले दलहरुलाई छिटो मिल्न आग्रह गरेको जानकारी दिए । एमाओवादीका नेता अमिक शेरचनले सबै दलले आ–आफनो दलको चिन्ता राख्ने काम भएको र सहमति गरेर छिटो चुनावमा जाउँ भन्ने कुरा राखेको बताउँदै राष्ट्रपतिले दलहरु मिल्नुको विकल्प नभएकोले छिटो सहमति गर्न आग्रह गरेको जानकारी दिए । उनले भने, “राष्ट्रपतिले दलहरु मिल्नुको विकल्प छैन, ढुङ्गामुढा नगर्नुस् लोकतान्त्रिक प्रक्रियाद्वारा सहमतिमा पुग्नुस् भन्नुभयो ।”

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले पटकपटक दलहरुलाई सहमतिको लागि आग्रह गरे पनि दलहरु मिल्न नसकेकोले राष्ट्रपति आफैले सोचेर ठोस निर्णय गर्नुपर्ने बताए । निकासको लागि यस सन्दर्भका अन्तर्राष्ट्रिय प्रचलन परम्परा के छन् राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ हेरेर राष्ट्रपतिले सोच्नुपर्ने भनाइ आफूले राखेको उपसभापति पौडेलले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>