थप समाचारबिहीबार, माघ १८, २०६९
नेपालमा प्रेस स्वतन्त्रता खस्कियो
विश्वमा प्रेस स्वतन्त्रताको अनुगमन र पैरवी गर्ने अन्तर्राष्ट्रिय संस्था ‘रिपोर्टर्स विदआउट बोर्डर्स’ ले हालसालै प्रकाशित गरेको विश्व प्रेस स्वतन्त्रता सूचीमा एकवर्षको अवधिमा नेपाल १०६ बाट चिप्लेर ११८ औं स्थानमा पुगेको छ ।
जानकारहरुका अनुसार नेपालमा पछिल्लो समयमा पत्रकार र सञ्चारगृहमाथि भएका आक्रमण, हिंसा, धम्की र मुलुकमा बढ्दै गएको दण्डहिनताका कारण नेपाल यो सूचीमा पछि परेको हो ।
वर्ष सन् २०१३ का लागि जारी गरिएको यो सूचीका अनुसार प्रेस स्वतन्त्रतामा जुन देशहरु यसअघि शीर्षमा थिए अहिले पनि उनीहरु नै अग्रस्थानमा छन् ।
‘रिपोर्टर्स विदआउट बोर्डर्स’ का महासचिव क्रिस्टोफ देलोइरका अनुसार लोकतान्त्रिक देशहरुमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको वातावारण अहिले पनि अन्य देशहरुको तुलनामा धेरै छ । उनले भने, “प्रेस फ्रिडममा देशहरुको श्रेणी अब सनसनीपूर्ण राजनीतिक घटनाक्रममा आधारित छैन । यो वर्षको सूचकांक प्रेस र मिडियाप्रति सरकारको दृष्टिकोण देखाउन सफल भएको छ ।”
फिनल्याण्ड यो वर्ष पनि शीर्षस्थानमा आफ्नो वर्चस्व राख्न सफल भयो जब नेदरल्याण्ड्स र नर्वे क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । सबैभन्दा कम प्रेस स्वतन्त्रा भएका देशहरुमा तुर्कमेनिस्तान, उत्तर कोरिया र एरिटिरिया १७७, १७८ र १७९ औं स्थानमा छन् ।
नेपालका छिमेकी मुलुकहरुको अवस्था पनि उत्साहपूर्ण छैन । भारत यसबर्ष १४३ औं स्थानमा झरेको छ भने चीनको स्थान कुल १७९ देशमध्ये १७३ औं छ । विश्व महाशक्ति अमेरिका ३२ औं स्थानमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
