समाचारबुधबार, जेठ १०, २०६९

आज राजधानीमा सद्भावसभा हुँदै

हिमालखबर

जातीय सदभावका लागि नेवार एकता समाजले धरानमा ६ जेठमा निकालेको शान्ति पदयात्रा । तस्बीर- सोहन श्रेष्ठ, हिमालखबर

आफ्ना माग पुरा गराउने नाममा विभिन्न समूहले गरेको बन्दले सर्वसाधारण वाक्कदिक्क भईरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा सद्भावसभा हुँदैछ । जुनसुकै जातीय समुदाय वा क्षेत्रका भएपनि सबै नेपाली हौं भन्ने सन्देश दिन जेठ १० गते साँझ पाँच बजे काठमाडौंको बसन्तपुरमा सभा आयोजना गरिएको महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले हिमालखबर डटकमलाई जानकारी दिएका छन् ।

बन्द हड्तालको विकल्प छोडेर वार्तामार्फत समस्या समाधानका लागि दवाव दिने उद्देश्यले आयोजना गरिएको सभामा नेपाल चेम्बर अफ कर्मस, नेपाल पत्रकार महासंघ, मारवाडी सेवा समाज, नेपाल बार एसोसियसन, होटल व्यवसायी संघ, नेपाल प्राध्यापक संघ, नेपाल मानव अधिकार संगठन लगायतको सहभागिता रहने छ । सहभागीहरुलाई सेता टिसर्टमा आउन आव्हान गरिएको पाण्डेले बताए ।

महासंघका उपाध्यक्ष पाण्डेले सदभावसभामा सहभागीता लागि सबै पेशा व्यवसाय जाती समुदाय र क्षेत्रलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>