अन्तर्वार्ता/विचारबिहीबार, माघ १८, २०६९
‘उन्नति पूर्वाधारले होइन मानव संसाधनले गर्छ’
मानव संसाधनको महत्व बुझउन कृयाशील ग्रोथ सेलर ले हरेक वर्ष विदेशी विज्ञ झिकाएर नेपालमा मानव संसाधन सम्मेलन (एचआर मिट) आयोजना गरिरहेको छ । ग्रोथ सेलरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मोहन ओझ भन्छन्, “यसबाट जनशक्तिको राम्रो ब्यवस्थापनले मात्र उन्नति ल्याउँछ भन्ने सचेतना बढेको छ ।”
‘एचआर मिट’हरुको प्रतिफल के छ ?
छैटौं ‘एचआर मिट’ मा आइपुग्दा नेपाली संस्थाहरुमा मानव संसाधनको महत्व बढेको छ । सन् २००८ मा यहाँ ३० वटा जति कम्पनीमा मानव संसाधन विभाग थिए, अहिले ३०० बढी कम्पनीले विभाग खोलेका छन् । संस्थाको उन्नति पूर्वाधारले होइन, जनशक्तिका कारण हुन्छ भन्ने ज्ञान बढेको छ ।
मानव संसाधनको महत्व के हो त ?
प्रभावकारी कार्यसम्पादन र प्रतिफलका लागि मानव संसाधनको महत्व छ । नेपालमा ट्रेड युनियनका नेताहरुलाई मानव संसाधनको महत्व बुझाउन नसकिएकै कारण उद्योगहरुमा चरम राजनीतिकरण भएको हो । नीति निर्माताहरुले यसको महत्व नबुझदा वौद्धिक र शारीरिक श्रम गर्ने नेपालीहरु विदेश पलायन भएका छन् ।
मानव संसाधन विभाग गठन गरिएको संस्थामा स्वतन्त्रतापूर्वक काम गर्न दिइएको होला ?
स्वतन्त्र रुपमा काम गर्न नदिएका संस्थाको प्रतिफलमा असर देखिएको छ ।
सरकारी क्षेत्रमा मानव संसाधन ब्यवस्थापनको अभ्यास कस्तो छ ?
सरकारी क्षेत्रमा त यसको अभ्यासै शुरु भएको छैन । मानव संसाधन मन्त्रालय गठन गर्ने कुरा पनि सेलाएको छ । त्यसैले हो, सरकारी क्षेत्रप्रति सेवाग्राहीको गुनासो धेरै भएको । सरकारी संस्था र निजी प्रतिष्ठानहरुको प्रतिफलको तुलना गरेर हेर्दा पनि हुन्छ ।
नेपालमा ब्यक्तिको रुचि हेरेर काम दिने अभ्यास छ ?
को सँग के क्षमता छ र उसलाई के काम दिने भन्ने निर्धारण नगरिदाँसम्म संस्थाले उन्नति गर्न सक्दैन । नेपालमा एकातिर ठूलो संख्यामा युवा बेरोजगार छन् भने अर्कातिर संस्थाहरुले खोजेको जस्तो जनशक्ति भेटेका छैनन् । धेरैजसो संस्थाले जनशक्तिलाई सम्पत्ति नठानी कामलाई मात्र महत्व दिएका छन् । तालिम र सेवा सुविधालाई महत्व दिईएको छैन । बेलुका कसरी तरकारी कसरी किन्ने भनेर चिन्तित जनशक्तिले कसरी राम्रो प्रतिफल दिन सक्छ ?
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
