थप समाचारबिहीबार, माघ १८, २०६९
नेपालीको दुख र दरिद्रता नाश होस भन्ने कामना गर्दै व्रत
काठमाडौँ महानगरपालिका–२९ गँगबु निवासी सुकुकाजी महर्जनले भक्तपुरको मध्यपुरथिमि सिद्धिकाली परिसरमा आयोजना गरेको उक्त व्रत गत असोजदेखि हरेक महिना एक वर्षसम्म निरन्तर विभिन्न १२ ठाउँमा गरिने आयोजकले जनाएका छन् । १८ माघमा गरिएको उक्त व्रत पाँचौ महिनाको हो । यसअघि स्वयम्भू, बुङमती, गोदावरी र जनबहालमा यस्तै ब्रत सम्पन्न भइसकेको छ ।
उक्त व्रत हरेक महिना कृष्णपक्ष तृतीयाको दिन गरिने भएकाले तिला व्रत भन्ने गरिएको छ । एक पटक बस्ने व्यक्ति एक वर्षसम्म बस्नुपर्ने र आफू बस्न नसक्ने भएमा आफ्नो सट्टा अर्को व्यक्तिलाई भए पनि बस्न लगाउनुपर्ने नियम बनाइएको छ ।
व्रत बसेमा दुःख, दरिद्र, कलह, नाश हुने एवं शान्ति, धन तथा निरोग प्राप्त हुन्े विश्वास रहेको व्रतालु काठमाडौँ निवासी विष्णुदेवी महर्जनले बताइन् । बिहान करिब ९ बजेदेखि शुरु भएको एकदिने व्रतमा कपिलवस्तुका शुद्धोदन महाराजलाई वसुन्धरादेवीले उद्धार गरेको सम्बन्धमा विकासरत्न वज्राचार्यबाट कथा वाचनसमेत हुने गरेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
