Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आयोगले भन्यो, ‘पत्रकार र अधिकारकर्मी असुरक्षित भए’ - Himalkhabar.com

थप समाचारबिहीबार, माघ १८, २०६९

आयोगले भन्यो, ‘पत्रकार र अधिकारकर्मी असुरक्षित भए’

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारहरुको सुरक्षासम्बन्धमा पटक पटक प्रतिवद्धता जनाए पनि पत्रकार र मानव अधिकारकर्मीहरु असुरक्षित भएका खबरहरु प्राप्त भइरहेकोले यसबारे विशेष चासो लिनु परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आयोगले प्रधानमन्त्रीलाई पठाएको पत्रमा केही दिनअघि दैलेखका पत्रकारहरुले जिल्ला छाड्नु, समाचार संकलनका क्रममा काभ्रेका पत्रकारहरु पिटिनु, पत्रकारहरुलाई धम्की दिइनु, असुरक्षा बढेको भन्दै मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुले आयोगमा उजुरी दिनु, ‘रिपोर्टर्स विदआउट बोर्डर्स’ ले नेपाल पत्रकारहरुका लागि असुरक्षित रहेको बताउनुले पत्रकार र मानव अधिकारकर्मीहरु देशमा असुरक्षित रहेको पुष्टि भएको उल्लेख छ ।

पत्रमा थप भनिएको छ, “मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणपत्र, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध एवम् नेपालको अन्तरिम संविधान २०६३ ले प्रदान गरेको मौलिक हकको उपभोग गर्दा असुरक्षित हुनुपर्ने अवस्था आउनुलाई लोकतान्त्रिक परिपाटीमा नितान्त अशोभनीय अवस्था मान्न सकिन्छ ।”

मानवअधिकारको बिग्रँदो अवस्थामा सुधार नगरिए देशमा अराजकता फैलिनेतर्फ ध्यानाकर्षण गराउँदै आयोगको पत्रमा मानव अधिकारको समग्र अवस्था सुधारका लागि आवश्यक वातावरण तयार पार्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>