थप समाचारशुक्रबार, माघ १९, २०६९

दुई दर्जन बढी जुवाडे पक्राउ

हिमालखबर

माइधारका मनहाङ लिम्बुको घरमा जुवा खेल्ने, खेलाउनेलाई १८ माघ बेलुका प्रहरीले पक्राउ गरेको हो । झापाका र मोरङका नामुद जुवाडेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिर्तामोडका होटल ब्यवसायी भोला उप्रेती, उर्लाबारीका ब्यवसायी अर्जुन तुम्रुकलगायतका जुवा खेल्दै गरेकाहरुलाई पक्राउ गर्न स्थानीय प्रहरीलाई खबर नै नगरी जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको टोलीले छापा मारेको थियो ।पक्राउ पर्नेहरमा जुवा हेर्नेहरुसमेत छन् ।

जुवाको खालबाट प्रहरीले चार लाख ९२ हजार एक सय १५ रुपैयाँ र एक सेट कौडा बरामद गरेको छ । लोडसेडिङका बेला जुवा खेल्दा बत्ति बाल्न प्रयोग हुने जेनेरेटरसमेत नियन्त्रणमा लिइएको झापा प्रहरीका प्रवक्ता तथा नायव उपरीक्षक मोहन शर्माले बताए ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>