थप समाचारशुक्रबार, माघ १९, २०६९

अवैध सामानसहित दश भारतीय पक्राउ

हिमालखबर

भन्सार छली भारतबाट सामान ल्याउनेलाई सामानसहित ट्रकमा हालेर लैजाँदै प्रहरी

पक्राउ पर्नेमा सीमावर्ति भारत कुवाडीका नरेश मण्डल, जगदिश तत्मा, साली आलम, राजेश्न्द्र तत्मा, जुवेर आलम, मुन्नाकुमार यादव, शंकरकुमार तत्मा, जयप्रकाश यादव, रमेश दास र फुलचर शर्मा रहेका छन् । राति भारतबाट साइकलमा सामान हालेर नेपालतर्फ ल्याउने क्रममा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

२५ वटा जति साइकलमा सामान हालेर लहरै आउँदै गरेको समूहलाई ६ जना सादा पोशाकका प्रहरीले घेरा हाल्ने क्रममा अरु भागेका थिए । उनीहरुले प्रयोग गरेका सात वटा साइकल, १२ क्विन्टल चिनी, एक सय २० किलो सुर्ती, दुई सय किलो बनस्पति घ्यु, एक सय २० लिटर मट्टीतेल, ५५ सय थान प्लाष्टिक गिलास र चार टीन दाने तेल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकालाई बरामद सामानसहित विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
कमल रिमाल,विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>