थप समाचारशुक्रबार, माघ १९, २०६९

जनावरको संख्या बढेर आपत्

हिमालखबर

सामान्यतया विश्वका सबैजसो देशहरुमा बन्यजन्तु संरक्षणको मुद्दा निकै चर्चामा रहने गर्छ, नेपालको कथा भने अली बेग्लै छ ।

नेपालमा सरकारी अधिकारीहरु र सरोकारवालाहरु वन्यजन्तुबाट मानिसमाथि आक्रमण बढदै जाँदा यो बृद्धिदर रोक्नु पर्ने बताउन थालेका छन् । खासगरी यस्तो समस्या राष्ट्रिय निकुञ्ज नजिकका मध्यवर्ती क्षेत्रहरुमा छ । नेपालको चितवन राष्ट्रिय निकुञ्जमा ५०० भन्दा बढी गैंडाहरु छन् । केही वर्ष पहिलेसम्म गैंडाको संख्या योभन्दा आधामात्रै थियो । यहाँ १२५ भन्दा बढी बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको संख्या सन् १९९० को दशकभन्दा १० गुणा बढेको छ ।

केही समय पहिलेसम्म हिम चितुवा (स्नो लेपर्ड) र हाब्रे (रेड पांडा) जस्ता जनावरहरु लोप हुने खतरा थियो तर, अहिले यि जनावरहरुको संख्या पनि बढदो छ । नेपालको २४ प्रतिशत भूभाग राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र अन्तर्गत संरक्षण गरिएको छ । त्यसैले बनसँगै बन्यजन्तुको संख्यामा बृद्धि भएको हो तर, बन्यजन्तुको बढ्दो संख्या सँगै उनीहरुको आक्रमणबाट हुने मानिसको मृत्युका घटनाहरुमा पनि बृद्धि भएको छ ।

वनमन्त्रालयका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा हात्तिको आक्रमणबाट मात्रै ८० भन्दा बढीको मृत्यु भइसकेको छ भने धेरै घरहरु ध्वस्त भएका छन् । यसैबीच १७ वटा हात्ति मानव प्रतिकारमा मारिएका छन् । गत महिनामात्रै हात्तिले मच्चाएको आतंकविरुद्ध चितवनक्षेत्रमा प्रदर्शन भएको थियो भने केही दिनअघि मात्रै सुनसरीमा यस्तै प्रदर्शन भएको थियो । हात्तिले मानिसका घर, खेत र जीवन नै नष्ट गरेको छ । केही महिनाअघि नेपालको सुदुरपश्चिममा एउटा बाघको आक्रमणबाट १५ भन्दा धेरै मान्छे मारिएका थिए ।

बन्यजन्तुबाट मानव आक्रमण बढदै जाँदा अब वन्यजन्तु कतिसंख्यामा राख्नु पर्ने भन्नेबारेमा सोच्ने बेला आएको राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण विभागका पूर्व प्रमुख कृष्ण आचार्य बताउँछन् ।

अधिकारीहरुका अनुसार वन्यजन्तुका लागि संरक्षित इलाकाको क्षेत्रफल बढाउने अवस्था छैन किनभने मुलुकको कुल भूभागको ठूलो हिस्सा पहिले नै वन क्षेत्रमा परिसकेको छ । “हामीले नौ वटा यस्ता प्रजातिको सूची बनाएका छौं जस्लाई उनीहरुको प्रजाती कम भएको स्थानमा स्थानान्तरण गर्न सकिन्छ,” कृष्ण आचार्यको सुझाव छ ।

बीबीसी न्युज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>