रमझमशुक्रबार, माघ १९, २०६९
चलचित्रकर्मीको अनसन तोडियो
नौ बुँदे माग राखेर १६ माघदेखि आमरण अनसनमा बसेका आन्दोलनरत चलचित्रकर्मी र सरकारबीच दशबुँदे सहमति भएपछि उनीहरुले अनसन स्थगित गरेका छन् ।
सहमतिपत्रमा चलचित्र विकास बोर्डको स्वायत्तताका लागि बनेको विधयेकको मस्यौदालाई सरोकारवालासँग छलफल गराई केही महिनाभित्र अन्तिम रुप दिने, बोर्डका अध्यक्षलगायत पदाधिकारीहरुमा चलचित्र क्षेत्रमा क्रियाशील र गैरराजनीतिक पेशाकर्मीलाई नियुक्त गरिने,चलचित्र जाँचपास समितिमा वास्तविक चलचित्रकर्मीको नियुक्ति गरिने र त्यस्तो नियुक्तिमा चलचित्रसँग सम्बधित सङ्घ संस्थाको समेत परामर्श लिइने लगायतका विषयहरु छन् ।
सहमतिपत्रमा सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादव र आन्दोलनरत चलचित्रकर्मीको तर्फबाट संयोजक राजकुमार राई, सदस्यहरु नवल खड्का र रामकेशर बोगटीले हस्ताक्षर गरेका छन् ।
चलचित्र विकास बोर्डको स्वायत्तता, बोर्ड तथा केन्द्रीय चलचित्र जाँच समितिको गठनलगायतका चलचित्र क्षेत्रसँग सम्बन्धित मागहरु राखेर चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा ६ जना चलचित्रकर्मी आमरण अनसनमा बसेकाथिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
![Loading ... Loading ...](http://archive.himalkhabar.com/wp-content/plugins/wp-polls/images/loading.gif?bf936f)