थप समाचारशनिबार, माघ २०, २०६९

मलालालाई नोबेल पुरस्कारका लागि नर्वेको सिफारिस

हिमालखबर

पाकिस्तानी समाचार एजेन्सी एपीपीका अनुसान नर्वेको संसदमा सत्ता पक्षका सांसदहरुले मलालाको नाम नोबेल शान्ति पुरस्कारका लागि नोबेल कमिटीलाई पठाएका छन् । सत्ताधारी लेबर पार्टीको वेबसाइटमा मलालाका बारेमा उल्लेख छ, “उनी पाकिस्तानी छात्रा र ब्लगर थिइन, जस्लाई पछिल्लो बर्ष अक्टोबरमा तालिबानले टाउकोमा गोली प्रहार गरेका थिए । त्यसबेला मलाला बालिका शिक्षालाई प्रोत्साहित गर्दै थिइन् ।”

नर्वेका संसद सदस्यहरुले मलालाले बालिकाहरुको शिक्षा अधिकारका लागि संघर्ष गरेकाले सन् २०१३ को नोबेल शान्ति पुरस्कार दिनुपर्ने प्रस्ताब गरेका हुन् । “मलालाको संकल्पबाट आत्तिएका तालिबानीहरुले उनलाई सिध्याउने फैसला गरे, ” नर्वेली सांसदहरुको भनाई छ ।

एपीपीका अनुसार नोबेल शान्ति पुरस्कार कमिटीको चयन नर्वेको संसदले गर्ने हुँदा सांसदहरुले नै पुरस्कारका लागि मलालालाई सिफारिस गर्नुलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

यसअघि डिसेम्बर २०१२ मा फ्रांसका १५० सांसदहरुले पनि मलालालाई सन् २०१३ को नोबेल शान्ति पुरस्कार दिनुपर्ने अपील गरिसकेका छन् । पाकिस्तान सरकारले पनि मलालालाई आफ्नो राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिसकेको छ ।

गत अक्टोबरमा तालिबानको आक्रमणको निशाना बनेकी मलाला अहिले बेलायतमा उपचाररत छिन् । उनको टाउकोको धेरै पटक शल्यक्रिया भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>