थप समाचारशनिबार, माघ २०, २०६९

सबैका गुरु कृष्णप्रसाद

हिमालखबर

गुरु कृष्णप्रसादलाई बोकेर विद्यालय लैजाँदै विद्यार्थीहरु ।

२०२८ सालमा अर्घाखाँचीको ठूलापोखरामा भगवती निम्न माध्यमिक विद्यालय स्थापना गरेर पढाउन शुरु गरेका शारिरिक रुपमा अशक्त शिक्षक कृष्णप्रसाद पौडेललाई विद्यार्थीहरुले घरबाटै बोकेर ल्याउने र कक्षा सकिएपछि घरमै पुर्‍याइदिने गरेका छन् ।

५८ वर्षीय पौडेललाई ११ वर्षको हुँदा नसासम्बन्धी रोग लागेपछि शरिर सुक्दै गयो । उनको कम्मर मुन्तिरको भाग चल्दैन । तर पनि ०२८ सालमा आफैंले स्थापना गरेको र ०४० सालमा स्वीकृति पाएको विद्यालयमा उनले पढाइरहेका छन् । १२ किलो तौलका उनलाई निमाविका विद्यार्थीले सजिलै उचाल्न सक्ने भएकाले बिद्यालयदेखि करिब ५० मिटर पर रहेको घर आउजाउ गर्न अप्ठ्यारो छैन ।

गाविसभरि नै गुरु भनेर चिनिने पौडेलले शुरुको १७ वर्षसम्म पढाए वापत पाउने पारिश्रमिक अभिभावकहरुले मानापाथी जम्मा गरी दिने अन्नमात्रै थियो । २०४५ सालदेखि ५ सय रुपैयाँ मासिक तलब पाउन थालेका गुरुको अहिलेको तलब मासिक १८ सय रुपैयाँ पुगेको छ । तलबले गर्जो टार्न  नपुग्ने भए पनि आफुले पढाएका बिद्यार्थीहरु डाक्टर, इञ्जिनियर, हाकिम भएको देख्दा भने गुरु खुशी हुन्छन् ।

उनका नाममा पूर्व विद्यार्थीहरुले कृष्ण प्रसाद पौडेल अक्षय कोष स्थापना गरिदिएको र पञ्चेबाजा सहित दोसल्ला ओढाएर सम्मान गरेको दिन उनको जीवनको सबैभन्दा खुशीको दिन थियो ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>