रमझमशनिबार, माघ २०, २०६९
विनोद चौधरीको जीवन गाथा
पारिवारिक व्यवसायलाई विस्तार गर्दै नेपालकै ठूलामध्येका उद्योगी बनेका विनोद चौधरीले लेखक सुदीप श्रेष्ठसँगको सहकार्यमा आत्मबृतान्त लेखेका हुन् । चार वर्षभन्दा बढी समय लगाएर लेखिएको भनिएको चौधरी गाथामा नेपालको एक अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ । चौधरीले आफ्नो जीवनका निर्णायक मोडहरू, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि पक्ष पाठकसामु खुलस्त पारेका छन् । यो किताबलाई चौधरीले चौधरी ग्रुपकै आत्मकथा भनेका छन् ।
“यो किताबमा काम गर्दा मैले आफ्नो विगतलाई सजीव ढंगले सम्झिने मौका पाएँ,” किताब लेखनको अनुभव बाँड्दै चौधरीले भने, “अतीतका पत्रपत्र केलाउनुपर्ने यो काम यति गहन होला भन्ने मैले सोचेको थिइनँ ।”
किताबमा चौधरीले नेपालको उद्योग व्यवसाय र राजनीतिक घटनाक्रमसँग जोडिएका विभिन्न प्रसंग वर्णन गरेका छन् । शाही परिवार, पञ्चायत र प्रजातन्त्रकालीन प्रधानमन्त्री तथा नेताहरूसँगको सम्बन्ध खोलेका छन् । आफ्नो समयका शक्तिशाली राजनीतिक व्यक्तित्वहरूसँगको उठबसले राजनीतिक उतारचढावका विविध आयाम बुझ्न मद्दत मिल्नेछ । अन्तर्राष्ट्रिय व्यापार विस्तारको संस्मरणसँगै नेपालको ब्रान्डलाई अन्तर्राष्ट्रिय पहिचान दिने महत्वाकांक्षी लक्ष्य चौधरीले राखेका छन् ।
नेपालयले प्रकाशन गरेको ‘विनोद चौधरी — आत्मकथा’ को मुल्य ३ सय ९५ रुपैयाँ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
