खेलकुदशनिबार, माघ २०, २०६९
आहा रारा गोल्डकपको उपाधी थ्रीस्टारलाई
थ्रिस्टारलाइ उपाधी दिलाउन स्ट्राईकर एडुम्मी फेमी जोशाले निर्णायक गोल गरेका थिए । जीवन सिन्केमानको कर्नर बलमा खेलको ८३ औं मिनेटमा उनले हेडमार्फत गोल गरेका हुन् । सिन्केमानले प्रहार गरेको कर्नर बललाइ अनिल गुरुङ्ले हेडमाफर्त पोष्टको दिशा दिएको बेला बुद्ध लामाले क्लियर गरेको बललाइ फेमीले गोलमा परिणत गरेका हुन् ।
उपाधीसँगै थ्रि स्टारले तीन लाख ५१ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । यो पुरस्कार काठमाडौं बाहिर सर्वाधिक हो । उपविजेता सहारा क्लबले दुइ लाख एक हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।
दुवै क्लबले बराबरी प्रदर्शन गरेको फाइनल खेलमा सहारा क्लब उपाधी घरमै राख्ने योजनाका साथ उत्रिएको थियो । निकै राम्रो खेले सहाराले पाएका थुपै्र अवसरलाई सदुपयोग नगर्दा परजाति भएको । पहिलो हाफमा थ्रिस्टारलाइ दबाबमा राखेको सहारा क्लबले दोस्रो हाफ्को १० मिनेट सम्हालिन नसक्दा इतिहास रच्ने अवसरबाट चुक्यो । बलिया प्रतिस्पर्धीलाई पन्छाउँदै पहिलोपटक फाइनल यात्रा तय गरेको सहाराले गृहभूमिमै उपाधी रक्षा गर्ने मौका चुकायो ।
सहिद स्मारक लिगको दोस्रो स्थानमा रहेको आर्मीलाई सेमिफाइनल, छैटौंमा भएको मनाङ– मस्र्याङदीलाई क्वाटरफाइनल र तेस्रो स्थानको मछिन्द्रलाई पहिलो चरणमा पराजित गरे पनि फाईनलमा टिक्न सकेन । पटक–पटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा इतिहास रच्नबाट सहारा चुकेको छ ।
सहाराका स्ट्राइकर योना एलियसका दुइ उत्कृष्ट प्रहार बारमा लागेर फर्र्किनु उसको पराजय हुने लक्षण थियो । पहिलो हाफमा उनले गरेको पोष्ट चार्ज फष्ट बारमा लागेर फर्किएको थियो भने, दोस्रो हाफमा स्टेफेनले गरेका कर्नर प्रहार पनि फष्टबारमै लागेपछि थ्रिस्टार गोल खानबाट जोगिएको थियो । त्यस्तै थ्रि स्टारले पनि सनसनीपुर्ण प्रदर्र्शन गरे पनि पाएका थुपै्र अवसर खेर फाल्यो । उसका लागि सहाराका गोलरक्षक अजित प्रजापति खम्बा बने ।
खेलको दोस्रो मिनेटमै विष्णु गुरुङ्को कडा पोष्ट चार्ज प्रजापतिले उत्कृष्ट बचाउ गरे । त्यस्तै १३ औं मिनेटमा फेमीले पाएको वान भर्सेज वान अबस्थामा प्रहार गरेको बल प्रजापतिले बिफल पारिदिए । ३३ मिनेटमा जीवन सिन्केमानको प्रहार पनि सेकेण्डबार नजिकैबाट बाहिरिएको थियो । पोखरामा सहारा र थ्रिस्टार दोस्रो पटक आमनेसामने भएका हुन् । पहिलो पटक यि दुइ टोली पाचौं आहा गोल्डकपको सेमीफाइनलमा प्रतिस्पर्धामा उत्रिएका थिए । त्यो बेला पनि थ्रिस्टारले सहारालाइ ३–० गोल अन्तरले पराजित गरेको थियो । थ्रिस्टारका प्रशिक्षक प्रदीप हुमागाईंले आफ्नो योजना अनुसार नै खेलेकाले उपाधी जितेको प्रतिक्रिया दिए । पहिलो हाफमै स्कोरिङ् हुन नसक्नु दुःखद भए पनि उनले थ्रिस्टारले आफ्नो लयमा खेलेकाले सफलता हासिल गरेको सुनाए ।
यसअघि थ्रीस्टारले पाँचौं र नवौं आहा गोल्डकप जितेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी सहाराका अजित प्रजापति भए । उनले टिभिएस् मोटरसाइकल पुरस्कार पाए । यस्तै उत्कृष्ट प्रशिक्षक थ्रि स्टारका प्रदीप हुमागाईं, उत्कृष्ट रक्षक थ्रि स्टारका विष्णु सुनुवार, उत्कृष्ट मिडफिल्डर थ्रि स्टारका भिक्टर अमोबी, सर्र्वाधिक गोलकर्र्ता थ्रिस्टारर्क (तीन गोल) एडुम्मी फेमी जोशा भए ।
यस्तै अनुशासित टीम सामसुङ् जावलाखेल युथ क्लव, उत्कष्ट स्ट्राइकर सहाराका योना इलियस र उत्कृृष्ट गोलकिपर सहारका अजित प्रजापति भए । उनीहरु सबैलाई जनही दश हजार पुरस्कार र ट्रफ्रि दिईएको थियो ।
छवि मगर, पोखरा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
