थप समाचारशनिबार, माघ २०, २०६९

कुसुण्डाको प्रतिनिधित्व माग

हिमालखबर

अधिवेशनका सहभागी । तस्बीरः देविका घर्ती मगर

दाङको घोराहीमा २० माघमा सम्पन्न नेपाल कुसुण्डा विकास समाज केन्द्रीय समितिको प्रथम अधिवेशनले नीति निर्माण तहमा कुसुण्डा समुदायको प्रतिनिधित्वको माग गर्ने निर्णय गरेको हो । वनका राजा भनेर चिनिने कुसुण्डा जातिलाई सरकारले निःशूल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने समितिका नवनिर्वाचित अध्यक्ष धनबहादुर कुसुण्डाले माग गरे ।

यसैबीच अधिवेशनबाट कुसुण्डा विकास समाजको अध्यक्षमा धनबहादुर कुसुण्डा चयन भएका छन् । यसैगरी समाजको उपाध्यक्षमा शालिगराम कुसुण्डा, सचिवमा सँगिता कुसुण्डा, कोषाध्यक्षमा फनी कुसुण्डा, सदस्यहरुमा छबिलाल कुसुण्डा, गोबिन्द कुसुण्डा, पर्शुराम कुसुण्डा, कमला कुसुण्डा(दाङ) र कमला कुसुण्डा(रोल्पा) रहेका छन् ।

अधिवेशनमा दाङ, प्यूठान, रोल्पा, सुर्खेत, तनँहु र गोरखाका कुसुण्डाहरु सहभागी थिए ।

देविक घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>