समाचारबुधबार, जेठ १०, २०६९

म्याद थपबारे कांग्रेसले निर्णय लिँदै

रामजी दाहाल

सरकारले संविधानसभाको म्याद थपका लागि संसदमा विधेयक दर्ता गराएको भोलिपल्ट बसेको कांग्रेस केन्द्रीय समिति अनौपचारिक बैठकमा अधिकांश सहभागीले म्याद थप्न नहुने राय दिएका छन् । पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा १० जेठ बिहान बसेको बैठकमा सरकारमा पार्टीको सहभागिताका विषयमा पनि प्रश्न उठेको थियो ।

आज साँझ चार बजे पार्टी कार्यालय सानेपामा बस्नॆ केन्द्रीय समितिको औपचारिक बैठकले म्याद थप र सरकारबाट फिर्ता हुने\नहुने दुवै विषयमा निर्णय लिने केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले हिमालखबरलाई जानकारी दिए । कांग्रेस महामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री तथा कानून मन्त्री कृष्णप्रसाद सिटौलाले संसद् सचिवालयमा ९ जेठमा संविधानसभाको म्याद तीन महिना थप्नका लागि अन्तरिम संविधान तेस्रो संशोधन विधेयक दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>