थप समाचारआइतबार, माघ २१, २०६९
दक्षिण एसियाका एकल महिलाहरुको सम्मेलन हुँदै
एकल महिला समूहको आयोजनामा हुने सम्मेलनमा अरु १५ देशका प्रतिनिधिसहित नेपालका सबै जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुने एकल महिला समुहकी अध्यक्ष लिली थापाले जानकारी दिइन् ।
एसियाका एकल महिलाको सामाजिक, आर्थिक र राजनितिक अवस्थाको बारेमा सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलनले संसारभरिका एकल महिलाको न्याय र मानव अधिकार रक्षाका लागि एकजुट हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्ने पनि थापाले बताइन् ।
नेपालको जनगणनाको तथ्याङ्क अनुसार नेपालमा एकल महिलाको संख्या ५ लाख छ । सम्मेलनमा आ—आफ्नो देशमा एकल महिलाको अवस्था र भैरहेका कार्यक्रमको बारेमा छलफल हुनेछ भने बेइजिङ घोषणा पत्रको कार्य र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् १३२५ र १८२० कार्यन्वयन गराउने विषयमा पनि छलफल हुनेछ ।
मिना शर्मा, हिमाल खबर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
