रमझमसोमबार, माघ २२, २०६९
पप्पुलाई रोज राणाको साथ
९ वुँदे माग राखेर चलचित्रकर्मीले आन्दोलन गरिरहेका बेला सुचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले नियुक्त गरेका चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष पप्पु अहिले रोज राणाको इशारामा चलेको चर्चाले चलचित्रको बजार तताएको छ ।
२ महिनाभित्र चलचित्रकर्मीका मागहरु पुरा गर्ने ११ बुँदामा सहमति पछि आन्दोलन रोकीएपनि ठुलो चलचित्रकर्मीको जमात उनको पक्षमा छैनन् । त्यसैले २१ माघमा वोर्डमा कार्यभार सम्हाल्न पुगेका उनलाई स्वागत गर्न आन्दोलन पक्षधभर धेरै जसो चलचित्रकर्मी थिएनन् । तर आन्दोलनमा कतै नदेखिएका रोज राणा एक्कासी उनलाई फुल मालाले शुरुमै स्वागत गरेको दृष्य धेरैका लागि अनौठो बन्यो । पप्पुको स्वागतमा रोजका ‘सर्कल’का चलचित्रकर्मीको बाहुल्यता रहेको देखिन्थ्यो ।
स्वागत कार्यक्रममा रोज विशेष भुमिका देखिएको थियो । कार्यक्रममा पप्पु रोज र विशाल बिष्टको बीचमा थिए । त्यस्तै फिल्मकर्मीहरु तीर्थ थापा, मदनदास श्रेष्ठ तथा मोहन निरौला मधुकुमार श्रेष्ठ पनि स्वागत कार्यक्रममा थिए । रोज निकट चलचित्रकर्मीका अनुसार रोजका पुराना साथी भएकाले पनि पप्पु अहीले हरेक काम रोजका योजना अनुसार गर्ने गरेको बताईन्छ ।
रोज पप्पु पुरानो साथी रहेको भन्दै उनको समर्थन गरेको हिमालखबरलाई बताए । थुप्रै चलचित्रकर्मी पप्पुको नियुक्तिको विरोधमा आन्दोलनमाा उत्रेपनि राणा भने बोर्डका पुर्व अध्यक्ष रहेका अमर गिरी, इश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी जस्ता गैर चलचित्रकर्मीको तुलनामा पप्पु चलचित्रकर्मी नै भएको बताउदै उनका कार्यक्रम र योजनामा आफुहरुको साथ रहेको जनाए ।
चलचित्र क्षेत्रमा ‘डन’ को रुपमा समेत चिनीने रोज आफु अरुले हल्ला गरेजस्तो ‘डन’ नभएको तर हक्की स्वभावका कारण त्यस्तो छवि बन्न गएको बताएँछन् । चलचित्रकर्मीको आन्दोलनलाई ब्याक्तिको स्वार्थका लागि गरिएको आन्दोलन भन्दै यसको तुक नरहेकोले आफु सहभागी नभएको बताए।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
