थप समाचारसोमबार, माघ २२, २०६९
फिरौतीसहित अपहरणकारी पक्राउ
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको टोलीले २१ माघ राति फिरौती रकम सहित सुर्खेत जिल्लाबाट नागरिकता प्राप्त गरेका तर, भारत घर बताउने रिजवान हलुवाई, नेपालगन्ज ३ का चङ्गेज हलुवाई र भारतीय नागरिक जावेद हलुवाईलाई पक्राउ गरेको हो ।
मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी टपेन्द्रध्वज हमालका अनुसार भारतको राजस्थान जयपुर निवासी स्टोन व्यापारी महमद अकरमलाई २० माघ राती तीन जना मिलेर अपहरण गरेका थिए । अपहरण पश्चात अकरमलाई नेपालगन्ज ७ फुलटेक्रास्थित एक घरमा वन्दी बनाई राखेको डिआईजी हमालले जानकारी दिए ।
स्टोन खरिद गर्ने बहानामा बोलाएर अपहरणकारीले अकरमलाई अपहरण गरेको र १० लाख फिरौती रकम लिएर अपहरण मुक्त गरेको प्रहरीले जनाएको छ । सो खबर पाउने वित्तिकै खोजतलासमा निस्किएको मध्यपश्चिम प्रहरी टोलीले नेपालगन्जस्थित एक होटलबाट तीनै जना अपहरणकारीलाई फिरौती रकम सहित पक्राउ गरेको डिआइजी हमालले जानकारी दिए ।
प्रहरीले अपहरणकारीका साथबाट दुई थान चक्कु, तीन लाख ६० हजार नगद र तीन थान मोवाईल सेट बरामद गरेको छ । फिरौती वापत बुझेको भनिएको बांकी रकम पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।
डि भण्डारी, नेपालगन्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
