समाचारबुधबार, जेठ १०, २०६९
संविधानसभाको म्यादबारे राष्ट्रपतिको चासो
राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाको म्याद तीन महिना थप गर्न लागेको विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति डा. यादवले जेठ १० गते शितलनिवास पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्ने क्रममा यस्तो चासो व्यक्त गरेका हुन ।
अध्यक्ष दाहालले शितलनिवासबाट बाहिरिने क्रममा सरकारले संविधानसभाको समयावधि तीन महिना बढाउन गरेको निर्णयबारे छलफल भएको त्यसमा राष्ट्रपतिले चासो गरेको साचारकर्मीलाई बताए ।
दलहरुबीच ९ जेठमा तीन महिनाका लागि संविधानसभाको म्याद थप गर्ने सहमति भएको थियो । राष्ट्रपति डा. यादवले ८ जेठमा मधेसी मोर्चासहित चार दलका शीर्ष नेतालाई बोलाएर १४ जेठ भित्रै संविधान जारी गर्न ध्यानाकर्षण गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>