Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुदूरपश्चिमवासी थप बन्दको मारमा - Himalkhabar.com

समाचारबुधबार, जेठ १०, २०६९

सुदूरपश्चिमवासी थप बन्दको मारमा

हिमालखबर

‘अखण्ड-सुदूरपश्चिम’को माग गर्ने समूहले १५ वैशाखदेखि २१ दिनसम्म सुदूरपश्चिमलाई ठप्प पार् यो । सरकारसँग सहमति भएपछि ५ जेठमा यो समूहले आन्दोलन फिर्ता लिएको थियो । त्यसको भोलिपल्टदेखि ‘अखण्ड-सुदूरपश्चिम’को विरोध र ‘थरुहट राज्य’ को माग गर्ने संयुक्त थारु संघर्ष समितिले सुदूरपश्चिम बन्दलाई निरन्तरता दियो ।

प्रमुख तीन राजनीतिक दलले सेती र महाकाली अन्चललाई मिलाएर ‘अखण्ड-सुदूरपश्चिम’ प्रदेश बनाउन आफैले गरेको प्रतिबद्धताविरुद्ध षडयन्त्र गरेको भन्दै ‘अखण्ड सुदूरपश्चिम एकता समाज नागरिक परिचालन समिति’ले फेरि ११ जेठबाट अनिश्चितकालीन बन्द घोषणा गरेको छ । थरुहट पक्षधरले पनि १-९ जेठसम्म कन्चनपुरदेखि चितवनसमको तराई बन्द घोषणा गरेकोमा त्यसलाई थप तीन दिन लम्ब्याएको छ ।

लगातारको बन्दले विरामी, यात्रु अलपत्र परेको, खाद्यान्न अभावले सुदूरपश्चिवासी भोकभोकै बस्नु परेकोतर्फ भने कसैको ध्यान गएको देखिँदैन । विभिन्न समूहले आफ्नो माग पूरा गर्न अनिश्चितकालीन बन्द गर्दै जाने र सरकार मुकदर्शक मात्र बनिरहने हो भने आम जनताले निरन्तर सास्ती खेप्नुको विकल्प देखिँदैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>