Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘एकल महिलालाई समान अवसर दिनु आवश्यक’ - Himalkhabar.com

थप समाचारसोमबार, माघ २२, २०६९

‘एकल महिलालाई समान अवसर दिनु आवश्यक’

हिमालखबर

काठमाडौंमा जारी एकल महिलाहरुको अन्तराष्ट्रिय सम्मेलनलाई २२ माघमा सम्बोधन गर्दै उपराष्ट्रपति झाले हाम्रो जस्तो अल्प विकसित समाजमा एकल महिलाहरुलाई सामाजिक सुरक्षा प्रदान गर्नु जरुरी रहेको बताए । एकल महिलाहरुलाई समाजमा सम्मानित रुपमा बाँच्ने अवसर प्रदान गरिनुपर्नेमा जोड दिंदै झाले महिलामाथि हुने गरेका सामाजिक तथा सांस्कृतिक हिंसाको अन्त्यको लागि शिक्षा, रोजगार तथा सीप मुलक तालिमको व्यवस्था गर्नु समेत आवश्यक रहेकोतर्फ औंल्याए ।

कार्यक्रममा बोल्दै महिला तथा बालबालिका मन्त्रालयका सचिव दिनेश अधिकारीले सांस्कृतिक तथा सामाजिक कुरीतीसँग जोडिएका कतिपय व्यवहारहरु तत्काल समाधान हुन नसके पनि पछिल्लो समयमा एकल महिलाहरुको अवस्थामा सुधार आएको र एकल महिलाप्रति सरकार संवेदनशिल रहेको दाबी गरे ।

१६ देशका एकल महिलाहरु सहभागी सम्मेलनमा सहभागीहरुले आ–आफ्नो देशका एकल महिलाहरु समस्या, तीनको साझा समाधान र भैरहेका प्रगतीका बारेमा छलफल गर्दैछन् । २३ माघमा सम्पन्न हुने सम्मेलनमा बेईजिङ्ग घोषणपत्र र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् १३२५ र १८२० कार्यन्वयन गराउने विषयमा पनि छलफल हुनेछ ।
मीना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>