Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वको सबैभन्दा ठूलो मेलामा हराउँदा - Himalkhabar.com

थप समाचारसोमबार, माघ २२, २०६९

विश्वको सबैभन्दा ठूलो मेलामा हराउँदा

हिमालखबर

महाकुम्भ मेलामा बनाइएका अस्थाई आवास गृह । तस्बीर: एबीसी

यो मेला भारतको उत्तरी भागमा बग्ने गङ्गा नदीको व्यापक किनारमा लाग्ने गर्छ जहाँ फेब्रुअरी १० का दिन यस मेलाको सबैभन्दा महत्वपूर्ण दिन आफ्नो पाप पखाल्न दुई करोड मानिस भेला हुने अनुमान गरिएको छ ।

यो धुलैधुलोले ढाकेको तथा पालहरू लगाइएको अस्थायी नगर हो जहाँ भगवानका अवतार मानिएका साधु तथा गुरुहरूका लागि निश्चित स्थान छुट्याइएको छ । तपाईँ यहाँको खुला मैदानमा माइलौँमाइल परसम्म तीर्थयात्रीहरू धकेलाधकेल गर्दै गङ्गा नदीको किनारमा गइरहेको देख्नसक्नुहुन्छ ।

यहाँ अति भीडका कारण कहिलेकाँही छुटेका समूह तथा परिवारलाई मोबाइल फोनले सहयोग गर्छ । यसो भए पनि यहाँ बालबालिका, बुढापाका तथा गरिब हराउने निकै सम्भावना हुन्छ । वराणसी नजिकैको एक गाउँमा बसोबास गर्ने ८० वर्षीया शर्फिया हरिजन स्थानीय परोपकारी संस्थाले स्थापना गरेको ‘‘हराएका र भेटिएका’’ केन्द्रको एक प्लास्टिकको कुर्सीमा रुँदै बसिरहेकी थिइन ।

‘‘म नुहाउने क्षेत्रमा गइरहेकी थिएँ र मेरी छोरीको हात मैले छोडेकी थिइन । तर भिडको कारण म उनीहरूबाट छुटिएँ र भीडमा हराएँ’’, हरिजन ले एएफपीलाई बताइन् । ‘‘मैले प्रहरीलाई सहयोगका लागि आग्रह गरेँ र उनीहरूले मलाई यहाँ ल्याइदिए ।’’

महाकुम्भ मेलामा हराएकी शर्फिया हरिजन ‘खोया–पाया’ सेन्टरमा आफन्त कुर्दै । तस्बीरः एएफपी

उनका नजिकै अन्य दर्जनौँ यस्तै सारी लगाएका महिलाहरू पनि थिए । उनीहरू आफन्तले आफूलाई लैजान्छन् भनी कुरिरहेका थिए । दश वर्षको एक बालक त्यहाँ दुई दिनसम्म आफ्ना परिवारका सदस्यको कुराइमा बसेको थियो । पछि उसका परिवारका एक सदस्यले उसलाई आफ्नो घर फर्काइदियो ।

इलाहाबादमा ६ वर्ष अगाडि यस्तै एक मेलामा एक बालिकालाई १५ दिनसम्म कसैले पनि लिन आएनन् । मेला सकिएपछि उक्त परोपकारी संस्थाले उनको फोटो स्थानीय पत्रिकामा प्रकाशन गरिदिएपछि उनका परिवार उनलाई लिन आएका थिए ।

‘‘धेरै व्यक्तिलाई उनीहरूका परिवारका सदस्य लिन आउँछन् । तर जसका परिवारका सदस्य आउँदैनन् उनीहरूलाई हामी हाम्रै खर्चमा रेल वा बसबाट उनीहरूको घर पठाइदिन्छौँ’’, उक्त केन्द्रका एक स्वयंसेवी चमन रावतले बताए । सार्वजनिक रूपमा लगाइएका लाउडस्पिकरहरूबाट कानै फुट्ने गरी यसरी हराएका व्यक्तिहरूको नाम र ठेगाना सुनाइन्छ । ‘‘मध्यप्रदेश रेभा जिल्लाबाट आएका अठार वर्षीया सन्जु सेन । तपाईँका दाजु अजय सेन तपाईँलाई खोजिरहेका छन् । उनी रामजानकी मन्दिरमा कुरिरहेका छन्’’, पुश्का उपाध्यायले माइक्रोफोनमा कराए ।

उपाध्यायको माइक्रोफोन जोडिएको टेबुल जस्ताले छाएको एउटा सानो छाप्रोमा रहेको छ र त्यसको छतमा सानो बत्ती बलिरहेको छ । उनका खुट्टामुनी हराएका व्यक्तिहरूले लेखेर छोडेका कागजका टुक्राहरू छरिएका छन् । उनले यस वर्ष १३ वटा ठूला एलईडी बोर्ड पनि लगाएका छन् त्यहाँ हराएका व्यक्तिहरूको फोटो पनि देखाइएको छ । उनीहरूले यहाँ कोही पनि नछुटुन् भनी प्रयास गरिरहेका छन् ।

‘‘ठूलो भीडमा आफ्ना छोराछोरी हराउँदा आमाबाबुहरू निकै डराउँछन्’’, सञ्जीव ट्वागी भन्छन् । उनी मेलामा स्थापना गरिएका ‘‘हराएका र फेला परेका’’ व्यक्तिहरूका लागि स्थापना गरिएका १७ वटा प्रहरी केन्द्रहरूमध्ये एक प्रहरी अधिकारी हुन् ।

‘‘बालबालिकाका लागि सबैभन्दा ठूलो खतराको कुरा कुनै खराब व्यक्तिले उनीहरूलाई फेला पार्न सक्छ र वा उनीहरू यस्ता बालबालिकाको पछाडि लागेका हुनसक्छन्’’, उनले बताए । फेब्रुअरी २५ सम्म यो मेला ५५ दिनका लागि चलेको छ र मेलाको पहिलो दिन नै छ हजार व्यक्ति हराएको सूचना प्राप्त भएको थियो । उक्त दिनमा पाँच वर्षदेखिका बालबालिका हराएको फेला परेका थिए ।

महाकुम्भमा प्रार्थना गर्दै भारतीय मोडेल पुनम पाण्डे । तस्बीर: जागरण

बलिउडका चलचित्रमा यस्ता धार्मिक मेलामा दाजुभाइ वा परिवारका सदस्य विछोडिएका कथाहरूले पनि भारतको यो बृहत् धार्मिक मेलाप्रति आमाबाबुको त्रास बढाइदिएको छ । महाकुम्भ मेला इलाहाबादमा हरेक १२ वर्षमा लाग्ने गर्छ । यसरी हराएका व्यक्तिहरूलाई उनीहरूको परिवारसँग भेट गराइदिने कामका लागि ८६ वर्षीय राजाराम तिवारीले निखै खुसी बटुलेका छन् । उनको ‘भारत सेवा दल’ले सन् १९४६ देखि हालसम्म करिब १० लाख व्यक्तिलाई यस्तो सेवा दिएको छ ।

उनले यो दल आफू नवयुवक छदा हराएका एक प्रौढ महिलालाई फेला पर्दा स्थापना गरेका थिए । यी महिलालाई फेला पार्दा उनलाई सहयोग गर्ने कुनै पनि आधार उनले देखेका थिएनन् । उनले ती महिलाले आफ्ना परिवारका सदस्य फेला पार्दा देखाएको खुसी आफूले कहिल्यै नभुल्ने भएको र यसै कारण यो ‘‘हराएको तथा फेला परेको’’ सेवा स्थापना गरेको उल्लेख गरे । हाल तिवारीका छोराले यो संस्था चलाएका छन् र तिवारी हालको नयाँ प्रविधिले यस्तो सेवा आवश्यक पर्ने व्यक्तिको सङ्ख्या घटाएको बताउँछन् ।

‘‘मोबाइल फोनले विशेष गरी हामीलाई सहयोग गरेको छ’’, उनी भन्छन् । भारतमा मोबाइल फोन सबैले लिनसक्ने अवस्था छैन र अझै पनि निरक्षर तीर्थयात्रीको सङ्ख्या अधिक छ । एएफपीले कुरा गरेको केही समयमै शर्फिया हरिजनका परिवार त्यहाँ आइपुगे र उनीहरूको सुखद् मिलन आरम्भभयो ।
रासस/एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>