Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माथिल्लो तामाकोसीको शेयर निष्काशन हुने - Himalkhabar.com

अर्थ/बजारमंगलबार, माघ २३, २०६९

माथिल्लो तामाकोसीको शेयर निष्काशन हुने

हिमालखबर

नागरिक लगानी कोष र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीबीच २३ माघमा शेयर निष्काशनसम्बन्धी सम्झौता भएको हो । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, दोलखावासी, ऋण दिने सरकारी संस्था, नेपाल विद्युत् प्राधिकरण तथा माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको हो ।

साधारण शेयर मध्ये रु. ३ अर्ब ६० करोड ६ लाख भने यो वर्षभित्रै निष्काशन गर्ने आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले कम्पनी र कोषबीच २१ मंसिर २०६७ मा भएको ऋण सम्झौताको आधारमा कोषलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मा दिएको जानकारी दिए ।

कम्पनीको संस्थापक शेयरको रुपमा भने नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान तथा नागरिक लगानी कोष छन् । उनीहरुबाट रु. ५ अर्ब ४० करोडमध्ये ५ अर्ब १० करोड प्राप्त भैसकेको र बाँकी ३० करोड शेयर निष्कासन गर्नुअघि प्राप्त हुने श्रेष्ठले उल्लेख गरे ।

२०७२ जेठदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य रहेको माथिल्लो तामाकोसी दोलखाको लामाबगरमा निर्माणधीन अवस्थामा छ । तामाकोसीको कुल लागत भने रु. ३५ अर्ब २९ करोड, अधिकृत पूँजी ११ अर्ब र जारी पूँजी १० अर्ब ५९ करोड छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>