Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मलाला फेरि बलिदानीका लागि तयार - Himalkhabar.com

थप समाचारबुधबार, माघ २४, २०६९

मलाला फेरि बलिदानीका लागि तयार

हिमालखबर

पाकिस्तानको चरमपन्थी बाहुल्य क्षेत्र स्वातकी मलालाले जीवन र मृत्युको दोसाँधमा चार महिना विताएपछि जारी गरेको आफ्नो पहिलो सन्देशमा पाकिस्तानमा शान्ति र शिक्षाको विकासका लागि हरेक जरुरी काम गर्न आफू तयार रहेको बताएकी छन् ।

मलालाले हालै एक भिडियो सन्देश जारी गर्दै भनेकी छन, “म बोल्न सक्छु, देख्न सक्छु र दिनदिनै निको हुँदैछु, यो धेरै मानिसहरुको प्रार्थनाको परिणाम हो ।” उनको यो भिडियो सन्देशमा विश्वभरीबाट उनलाई आएका सन्देश, शुभकामना र प्रार्थना पत्रका खात देखिन्छ ।

मलालाले भिडियो सन्देश पहिले अंग्रेजी फेरि उर्दु र त्यसपछि पश्तो भाषामा दिएकी छन् । “हाम्रो देशमा र पुरै विश्वमा शान्ति स्थापना होस र हेरक बच्चाले पढ्न पाउन र म शान्तिका लागि बलिदानी दिन तयार छु, ” सन्देशमा उनले भनेकी छन्, “म मानिसहरुको सेवा गर्न चाहन्छु, हरेक बालबालिकाले शिक्षा पाउन भन्ने मेरो चाहना हो । यस उद्देश्यका लाग मैले मलाला कोष स्थापना गरेकी छु ।” मलाला कोषले बालिका शिक्षाका लागि विशेष प्रयास गर्ने र राम्रा विद्यालय स्थापना गर्ने उनले बताएकी छन् ।

१५ वर्षकी मलालालाई चरमपन्थी तालिवानीले पाकिस्तानको स्वात क्षेत्रमा विद्यालयबाट फर्कंदै गर्दा चार महिनाअघि टाउकोमा गोली प्रहार गरेका थिए । भाग्यबास उनी बाँचिन, अहिले उनको बेलायतमा उपचार भइरहेको छ ।
मलालाले ११ वर्षको उमेरदेखि नै बीबीसीमा ब्लग लेखेर चर्चा पाएकी थिइन् । उनले पाकिस्तानमा बालिका शिक्षाका लागि अभियान नै चलाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>