थप समाचारबुधबार, माघ २४, २०६९
अपहृत शिक्षक अचेत फेला
मोरङ झोराहाटस्थित प्रहरी चौकी अगाडिको नहरमा २३ माघ राति अचेत अवस्थामा फेला परेका हरिचरण विश्वासको कोशी अञ्चल अस्पतालमा उपचार भई रहेको छ । बोल्न नसक्ने, निकै दुब्लाएको र कमजोर अवस्थामा रहेका विश्वासलाई केही दिन अस्पतालमै राखेर उपचार गरिनु पर्ने चिकित्सकले बताएका छन् ।
उनका छोरा निरन्जनले आफ्ना बाबुलाई अपहरणकारीले छोडेर भागेको हुनसक्ने बताए । बोल्न नसक्ने अवस्थामा नहरमा फेला परेका विश्वासको परिचय ठम्याउन समेत प्रहरीलाई गाह्रो भएको थियो । बाबुको स्वास्थ्य ठिक नहुञ्जेल अपहरण सम्बन्धमा केही बताउन नसकिने निरञ्जनले बताए ।
विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीका लागि परीक्षा सञ्चालन गराउन गइरहेका बेला १६ माघमा विश्वास अपहरणमा परेका थिए । विश्वासको परिवारले भने अपहरणमा सोही विद्यालयका स्वयम् सेवक शिक्षक सोहन हरिजन, ब्यवस्थापन समिति अध्यक्ष विनोद सरदार र स्थानीय विश्वेश्वर विश्वासको संलग्नता हुन सक्ने जनाउँदै प्रहरीमा जाहेरी दिएको थियो ।
कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
