रमझमबुधबार, माघ २४, २०६९
‘जुरेलीको मुस्कान’ विमोचन
राष्ट्रिय, जनवादी र हास्य गरी ५ वटा गीतहरु समेटिएका छन् । अनाथ हास्यकलाकार विनोदले ऋण खोजेर एल्बम निर्माण गरेका हुन् । दुइवर्ष अघिदेखि अल्बम निकाल्ने तयारी गरे पनि आर्थिक अवस्थाका कारण निकाल्न नसकेको उनले बताए । अल्बम विक्री बापत १० प्रतिशत रकम अनाथ तथा असहायहरुलाई सहयोग गर्ने उनले बताएका छन् ।
अल्बममा संगीत लिम्बूले पनि दुइवटा गीतहरु गाएका छन् । अल्मबमा विकास राई, विजय श्रेष्ठ, गायक स्वयंले पनि संगीत दिएका छन् भने सुवास वर्देवा, गायक विनोद र पर्वत सञ्जेलका रचनाहरु अल्मबमा समेटिएका छन् ।
विनोदले यसभन्दा अघि ठूलो पर्दाको इकु व्याक एगेन र विभिन्न टेलिचलचित्रहरुमा खेलेका छन् भने उनले जुरेलीको जुरो नामक पुस्तकसमेत बजारमा ल्याएका थिए ।
-सोहन श्रेष्ठ, धरान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
