Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
त्यो गाउँ जहाँ मान्छे भन्दा धेरै सर्प छन् - Himalkhabar.com

थप समाचारबुधबार, माघ २४, २०६९

त्यो गाउँ जहाँ मान्छे भन्दा धेरै सर्प छन्

हिमालखबर

चीनमा छ त्यो गाउँ । जिसिकियाओ नामको यो गाउँमा अजिंगर, कोबरा र वाइपर जस्ता खतरनाका सर्प सजिलै यताउती देखिन्छन् । मोटामोटी अनुमान अनुसार यहाँ करिब ३० लाख सर्प छन् । जनघनत्व यति कम छ कि एउटा मानिसको अनुपातमा तीनहजार सर्प पर्छन् ।

स्थानीयवासिन्दा पनि यिनै सर्पहरुसँग रहनबस्न सिकिसकेका छन् । पहिले खेती र माछा पालन गरेर गुजारा गर्ने गाउँलेहरु अब सर्पमै निर्भर छन् । यो सानो गाउँमा करिब एक सय फर्महरु छन, जहाँ काठ र सिसाका स–साना बाकसमा यी सर्पहरु हेर्न सकिन्छ । यीमध्ये कति त संसारकै सबैभन्दा खतरनाक प्रजातिका सर्प छन् । गाउँलेहरु धेरै डराउने चाहिं फाइव स्टेप स्नेकसँग हो । फाइव स्टेप स्नेकले टोक्यो भने पाँच कदम हिंड्न नपाउँदै मृत्यु हुने भएकाले यसको नाम त्यस्तो रहन गएको गाउँलेहरु

सर्पले हाम्रो जीवनलाई खुशी र समृद्ध बनाएको छ : याङ् होङ्च्याङ्

बताउँछन् ।

मासुका लागि सर्प
खासगरी यहाँ सर्प मासुका लागि पालिन्छ । सर्पको मासु चीनका रेष्टुराँमा निकै लोकप्रिय छ । सर्पको शरिरका अन्य अवयव भने चिनियाँ औषधी उद्योगमा काम लाग्छ ।

केही दशकअघि केही थोरै गाउँलेहरु मिलेर यहाँ सर्प पालन शुरु गरेका थिए । ६१ वर्षीय अग्रज किसान यांग होंगच्याङ गाउँमा सर्प पालनको शुरुवात गर्नेमध्येका एक हुन् । “नयाँ वर्षमा हामीले दुईगुणा नाफा गर्ने अपेक्षा राखेका छौं,” उनले भने, “सर्पले हाम्रो जीवनलाई खुशी र समृद्ध बनाएको छ ।” आफू युवा अवस्थामा विरामी भएपछि औषधीका लागि एउटा जंगली सर्प समातेको समझँदै होंगच्याङ भन्छन, “त्यसै बेलादेखि मेरो मनमा सर्पको ब्यापार गर्ने इच्छा जाग्यो र मैले सर्प पालन शुरु गरें ।” होंगच्याङको आम्दानी बढ्न थालेपछि अरु गाउँलेले पनि उनको सिको गरे । त्यसो त यो व्यवसाय खतरनाक पनि छ । यांगका अनुसार उनकै एक साथीको सर्पले टोकेर मृत्यु भयो ।

कुनैबेला अत्यन्तै गरिब यो गाउँ अहिले समृद्ध भएको छ, यहाँका निवासी अब धनी भइसकेका छन्, सर्प पालनको शुरुवात गर्ने होंगच्याङले वार्षिक करोडौंको ब्यापार गर्छन् ।

तस्बीरहरु: बीबीसी

औषधीमा प्रयोग
अहिले होंगच्याङको कम्पनीले सर्पसँग सम्बन्धित उत्पादनको कारोबारका साथै सर्पको खाना र अण्डामा अनुसन्धान पनि गरिरहेको छ । होंगच्याङ भन्छन, “सर्प पाल्न अनुभव र शिल्प चाहिन्छ ।”

चीनको औषधी उद्योगमा सर्पको प्रयोग राम्रै हुने गरेको छ । विरामीहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि सर्पको सुप र रक्सीमा डुबाएर समेत खाइन्छ । होंगच्याङको फर्मको एउटा पसलमा त सर्पबाट बनेका बस्तुहरु र सर्पको पाउडर पनि बेचिन्छ । होंगच्याङ आफ्ना यस्ता उत्पादनहरु दक्षिण कोरिया, जर्मनी र अमेरिका बजारमा पनि बेचिरहेका छन् ।
बीबीसी न्युज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>