थप समाचारशुक्रबार, माघ २६, २०६९
व्यावसायी लामिछानेको अन्त्येष्टी
अन्त्येष्टि पूर्व उनको शवलाई धरान १८ स्थित डिपो उच्च माविको खेल मैदानमा श्रद्धाञ्जली सभाका लागि राखिएको थियो । सभामा हजारौंको संख्यामा उपस्थित उद्योगी, व्यवसायी, सर्वसाधारण, कर्मचारीहरुले उनको शवमाथि पुष्पगुच्छा चढाएका थिए । उनको शवलाई चतरालानु पूर्व धरान नगर परिक्रमा गरिएको थियो । चतरामा उद्योगी व्यवसायी, सर्वसाधारण हजारौंको संख्यामा उपस्थिति जनाएका थिए । उनको शवलाई छोरा शिवकुमार लामिछानेले अन्तिम संस्कार गरेका थिए ।
२५ माघ बेलुकी हङकङबाट ल्याईएको शव शुक्रबार बिहान काठमाडौंमा श्रद्धाञ्जलीका लागी राखीएको थियो । शुक्रबारै सिम्रिक एयरको हेलिकोप्टरबाट विराटनगर ल्याइएको थियो । व्यवसायको सिलसिलामा हङकङ पुगेका लामिछानेको शव माघ १६ गते हङकङको मंकि हिलमा शंकास्पद अवस्थामा फेला परेको थियो । उनको हत्या भएको आशंकामा हङकङ प्रहरीले अनुसन्धान गरिरहेको छोरा शिव लामीछानेले हिमालखबरलाई बताए ।
-सोहन श्रेष्ठ,धरान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
