रमझमशुक्रबार, माघ २६, २०६९
गायक सुगम पोखरेल दुर्ब्यसनी: प्रहरी
लागुऔषध दुर्ब्यसनीहरुसँगै काठमाडौंको मैतिदेवी सेतोपुल क्षेत्रमा देखा पर्ने गरेका गायक पोखरेलमाथि प्रहरी केही समयदेखि
निगरानी गरिरहेको थियो । प्रहरीले पोखरेल सँगै रहेका मध्येका एक युवाबाट खैरो हेरोइन समेत बरामद गरेको जनाएको छ ।
२६ माघ बेलुका पक्राउ परेका पोखरेललाई पुनर्स्थापना केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइएको नियन्त्रण ब्यूरोका प्रहरी नायव महानिरीक्षक केदार साउदले जानकारी दिए । पोखरेलसहित झापाका उमेश दाहाल, श्यामुल मगर र काठमाडौंका खगेन्द्र शाही पक्राउ परेका थिए ।
पप गायनबाट चर्चामा आएका सुगम पोखरेलले चलचित्रमा सगीत पनि दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
