थप समाचारशनिबार, माघ २७, २०६९
प्रधानन्यायाधीश नै निर्विकल्प: दाहाल
हेटौंडामा २७ माघ बिहान आयोजित पत्रकार सम्मेलनमा उनले सबै दलको सहमति हुनसक्ने एउटै संस्था न्यायालय रहेको भन्दै प्रधानन्यायाधीश जस्तो स्वतन्त्र व्यक्तिलाई नै प्रधानमन्त्री बनाउन पर्ने जिकिर गरे । दाहालले भने, “लोकतन्त्र र बिधिको शासनको पालक भन्नेहरुका लागि यो भन्दा राम्रो बिकल्प हुन सक्दैन ।”
विभिन्न विकल्प दिंदापनि विपक्षी दलहरुले अस्वीकार गरेको भन्दै उनले थपे, “अब अन्तिम विकल्प आन्दोलन गरेर जित्ने भन्ने हो ।” २७ माघ बेलुका राष्ट्रपति रामवरण यादवसँग हुने प्रमुख दलका नेतृत्वहरुको छलफलबाट सहमति हुने उनले दाबी गरेका छन् ।
बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु शक्ति पृथकिकरणको सिद्धान्त विपरित हुने र यो माओवादीको न्यायालयलाई स्वतन्त्र रहन नदिने चालबाजी भएको भन्दै विपक्षी दलहरुले विरोध जनाइसकेका छन् ।
अशोकसुजन श्रेष्ठ, हेटौँडा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
