थप समाचारशनिबार, माघ २७, २०६९
एमाओवादीले सबैतिर तहसनहस पार्दैछ: पोखरेल
२६ माघमा नेकपा एमाले नवलपरासीको सातौं जिल्ला अधिबेशनको उद्घाटन गदै सचिव पोखरेलले एमाओवादीले सबै संवैधानि निकायहरु खाली गराएपछि अब सर्वोच्च अदालतमाथि हस्तक्षेप शुरु गरेको बताएका छन् ।
उनले गत २ जेठमा दलहरुबीच भएको सहमति कार्यान्वयन नगरी एमाओवादीले संविधान सभा भङ्ग गराएको बताए । “ माओवादीले संविधान सभा भंग गराएको हो, त्यस्को जिम्मा एमालेले लिन सक्दैन,” सचिब पोखरेलले भने, “त्यसबेला वीरगञ्जमा भारतीय कन्सुलरले मधेशका बारेमा आपत्तिजनक अभिव्यक्ति दिनु र त्यसपछि सहमति नहुनुले कुरा प्रष्टै छ ।” जेठ २ गतेको सहमतिबाट माओवादी र मधेशी मोर्चा पछाडि हटेपछि थुप्रै विकल्प हुँदा पनि संबिधान सभा बचाउन नसकेको नेता पोखरेलले बताए ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने एमाओवादी प्रस्ताव संबिधान विपरित हुने भन्दै कार्यपालिका र न्यायापालिकामा एउटै व्यक्तिको नेतृत्व गराउन खोज्नु पूर्ण सर्वसत्ताबाद भएको पोखरेलले प्रष्ट पारे । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार नछाड्दासम्म सहमतिको शुरुवात नै नहुने पोखरेलको भनाई थियो ।
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
