थप समाचारशनिबार, माघ २७, २०६९
दुई बालिका बलात्कृत
कोशी टप्पु वन्यजन्तु आरक्षभित्र गुइठा टिप्न गएका १० र ११ बर्षीय बालिकालाई दुईजना युवाले बलात्कार गरेको उनीहरुको परिवारले जनाएको छ ।
बालिकाहरुका अनुसार घर नजिकै कोशी टप्पुमा २६ माघ साँझ गुइँठा टिप्न गएकाबेला अपरिचित दुई युवाहरुले एक्कासी पछाडिबाट समातेर जबरजस्ती गरेका हुन् । घटनापछि पीडितका परिवारले करणी गर्ने युवकको खोजी गरी कार्वाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका छन् ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले दुबै बालिकाको २७ माघ बिहान सगरमाथा अंचल अस्पताल राजविराजमा स्वास्थ्य जाँच गराइ अनुसन्धान शुरु गरिएको जानकारी दिए । श्रवणकुमार देव, सप्तरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
