थप समाचारशनिबार, माघ २७, २०६९

भारतीय प्रधानमन्त्रीकी छोरी अमेरिकामा के गर्छिन ?

हिमालखबर

यस रिपोर्टमा अमेरिकी जासुसी एजेन्सी सीआइएका बारेमा कैयौं महत्वपूर्ण जानकारी सामेल छन् । यसमा अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको हमलापछि कैद गरिएका व्यक्तिहरुका बारेमा बताइएको छ ।

२१४ पृष्ठको यो रिपोर्टमा १३६ व्यक्तिहरुको विवरण छ, जस्लाई सीआइएले सोधपुछका लागि पक्राउ गरेर कैदमा राखेको छ र अन्य देशहरुका जेलमा पनि पठाएको छ । यसो गर्दा कतिपय जरुरी प्रक्रिया पूरा नगरिएको अमृत सिंहले उल्लेख गरेकी छन् । १३६ व्यक्तिमध्ये अधिकांश पाकिस्तानका नागरिक छन् भने यसमा भारतीय एकजना पनि छैनन् ।

५४ देशमाथि आरोप
अमृत सिंहको रिपोर्टका अनुसार यती ठूलो परिमाणमा मानवअधिकारको उल्लंघन गर्ने अमेरिकी प्रयासमा विश्वका करिब ५४ देशहरुको सहयोग प्राप्त छ । यसमा पाकिस्तान, अफगानिस्तान, लिबिया, डेनमार्क, जर्मनी, फ्रान्स, स्पेन, इटली र अष्ट्रेलिया जस्ता देशहरु पनि सामेल छन् । यो रिपोर्टमा ति देशहरुमाथि कडा प्रहार गरिएको छ जस्ले मानवअधिकारको हितको कुरा गर्छन तर अमेरिकाको यस्तो कदममा सहयोग पनि गर्छन् ।

मानवअधिकारको मुद्दामा अमृत सिंहको यो रिपोर्टले बाराक ओबामा प्रशासनको अप्ठ्यारो बढाउने अनुमान गरिएको छ । उनले आफ्नो रिपोर्टमा लेखेकी छन, “अब त्यो बेला भइसकेको छ, अमेरिका र उसका सहयोगी देशहरु यो स्वीकार गरुन कि उनीहरुले ठूलो संख्यामा व्यक्तिहरुलाई गोप्य तरिकाले कैदमा राखेका छन् । यसका लागि जिम्मेवार सरकारी अधिकारीहरु विरुद्ध प्रभावकारी छानविन पनि हुनुपर्छ ।”

तस्बीर: shikhnet.com

अमृत सिंह भारतीय प्रधानमन्त्रीका तीन जना छोरी मध्ये कान्छी हुन् । अचेल उनी अमेरिकामा ओपन सोसाइटी जस्टिस इनिसिएटिवको राष्ट्रिय सुरक्षा र आतंकविरोधी कार्यक्रममा संलग्न छन् ।

अर्थशास्त्रीबाट मानवअधिकार सिपाही
यसअघि उनी अमेरिकी सिभिल लिवर्टी युनियनको आप्रवासी अधिकार परियोजनकी ‘अटर्नी स्टाफ’ का रुपमा कार्यरत थिइन् ।

अमृतले न्यूयोर्क विश्वविद्यालयमा कानूनका प्रोफेसर बार्टन बेबेसँग विहे गरेकी छन् ।

चाहे त्यो जर्ज बुशको शासन होस वा बाराक ओबामाको शासन होस, अमृता सँधै मानवअधिकारको हित रक्षाका लागि आवाज उठाउँदै आएकी छन् ।

वकालत र मानवअधिकारमा काम गर्नुअघि अमृत सिंह वासिंगटनमा अन्तर्राष्ट्रिय मुद्रा कोषमा अर्थशास्त्रीका रुपमा कार्यरत थिइन् । उनले क्यम्ब्रिज विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र याले ल स्कुलबाट शिक्षा प्राप्त गरेकी छन् ।
बीबीसी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>