रमझमआइतबार, माघ २८, २०६९
फागुनको दोश्रो साता मिस पूर्वाञ्चल
विर्तामोडबाट सुरु भएको अडिसन शनिबार धरान आएर टुंगिएको हो । सुरुको छनौटमा परेका र छुटेका युवतिहरुलाई समेत फाइनल राउण्डमा मौका दिइएको हाइट इभेन्टका क्रिएटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए ।
सहभागीहरुलाई व्यक्तित्व विकास, रयामवाक, सौन्दर्य, फेसन, पर्यटन, ट्राफिक सचेतना लगायतको तालिम प्रदान गरिने सिल्भर इन्टरटेनमेन्टका कार्यक्रम संयोजक सौरभ श्रेष्ठले बताए ।
आगामी १२ फागुनमा धरानमा हुने फाइनलमा मिस पूर्वाञ्चल २०१३ को उपाधिसँगै, फस्ट रनर अफ, सेकेण्ड रनर अफ लगायत फोटोजेनिक, पर्सनालिटी, स्माइल, ब्युटीफुल कम्प्लेक्सन, भ्युअर्स च्वाइस लगायतका विधामा समेत पुरस्कृत हुनेछन् । उपाधिसँगै स्कुटी, र फष्ट रनर अप र सेकेण्ड रनर अपले ललितपुरको एसियन कलेज अफ मेनेजमेण्टबाट अध्यापनकोसमेत मौका पाउनेछन् ।
-सोहन श्रेष्ठ,धरान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>