थप समाचारआइतबार, माघ २८, २०६९
महात्मा गान्धीको दुर्लभ पत्र लिलामीमा
बेलायतमा लिलाम हुने यो पत्रमा गान्धीले बेलायती अधिकारीहरुलाई कारणसहित आफू र आफ्ना कार्यकर्ताहरुलाई मुक्त गर्न माग गरेका छन् ।
बेलायतको स्रोपशायरमा १४ फेब्रुअरीमा हुने यो पत्रको लिलामीबाट १० हजारदेखि १५ हजार पाउण्ड प्राप्त हुने सम्भावना छ । गान्धीले यो पत्रमा आफ्नो नजरबन्दीमा सरकारले गरेको अनावश्यक खर्चका बारेमा पनि लेखेका छन् ।
नजरबन्दका बेला भारत पुणेको आगा खाँ प्यालेसबाट टाइप गरिएको यो पत्रमा महात्मा गान्धीको हस्ताक्षर छ । बेलायती अनलाइन पत्रिका ‘डेलि मेल’का अनुसार विशेषज्ञहरुले यो पत्रलाई विश्व इतिहासकै बेहद महत्वपूर्ण दस्तावेज मानेका छन्, किनभने यसले भारतको स्वतन्त्रताका लागि गान्धीले गरेको योगदानलाई थप पुष्टि गर्छ ।
पत्र लिलामीको आयोजना गर्ने संस्था ‘मुलक’ का रिचर्ड वेष्टवुड–ब्रुक्सका अनुसार यो पत्र उनले महात्मा गान्धीसँगै स्वतन्त्रता सेनानी रहेका एक भारतीय व्यक्तिबाट प्राप्त गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
