थप समाचारआइतबार, माघ २८, २०६९

कश्मीरमा कर्फ्यु जारी

हिमालखबर

पृथकतावादी विद्रोही अफजललाई मृत्युदण्ड दिएपछि कश्मिरमा तनाव छ ।

अदालतबाट दोषी ठहरिएका कश्मीरी पृथकतावादी मोहम्मद अफ्जल गुरुलाई दिइएको मृत्युदण्डको निर्णय २७ माघमा कार्यान्वयन गरिएको थियो । उनलाई मृत्युदण्ड दिएपछि भारत प्रशासित कश्मीरमा सङ्घर्ष फैलनसक्छ भन्ने आशङ्कामा अधिकारीहरूले कर्फ्यु आदेश २७ माघदेखि जारी गरेका थिए ।

२७ माघमै श्रीनगरदेखि ४० किलोमिटर टाढा रहेको एक गाँउमा मृत्युदण्डको बिरोधमा भएको प्रदर्शनमा कम्तीमा चार व्यक्ति घाइते भएका थिए ।

पाँचजना सशस्त्र विद्रोही सन् २००१ को डिसेम्बर १३ मा संसदमा प्रवेशगरी आक्रमण गर्दा दश व्यक्तिको मृत्यु भएको थियो । पूर्व फलफूल व्यापारी गुरुलाई राजधानीको बाहिरी भागमा अवस्थित तिहाड जेलमा मृत्युदण्ड दिइएको थियो ।

उनले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष गरेको अन्तिम पुनरावेदनलाई अस्वीकार गरिएको थियो । गृहमन्त्री सुशील कुमार सिन्देले पत्रकारहरूलाई अफ्जल गुरुलाई बिहान स्थानीय समयअनुसार ८:०० बजे झुण्ड्याइएको जानकारी दिएका थिए ।

गुरुले अन्य लडाकूका साथमा सन् २००१ को डिसेम्बरमा संसदमा आक्रमण गर्ने योजना तयार गरेको आरोप लगाइएको थियो । रासस/एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>