थप समाचारसोमबार, माघ २९, २०६९
प्रहरी कुटाईको विरोधमा नुवाकोट बन्द
त्रिशुलीबजारमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएका सुमन भनिने नरेन्द्रबहादुर जोशीको कुकुरले २८ माघ राति गस्तीमा रहेको प्रहरी टोलीलाई टोक्न खोजेको भन्दै गस्तीले निर्घात कुटपिट गरेको थियो ।
प्रहरी हवल्दार नरेन्द्र चौधरीको नेतृत्वमा रहेको टोलीलाई सुमनको कुकुरले भुकेपछि कुकुरका मालिक सुमनलाई लात्ति र लाठीले निर्घात कुटेको भन्दै स्थानीयले आज बिहानैदेखि बजार बन्द गरेर बिरोधमा उत्रिएका हुन ।
स्थानीयको बिरोधले नुवाकोटको मुख्य त्रिशुली, बिदुर, बट्टार लगायतका बजारहरु बन्द रहेका छन । रसुवा र नुवाकोटबाट काठमाडौ जाने पासाङ ल्हामु राजमार्ग समेत ठप्प भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
