अर्थ/बजारबिहीबार, जेठ ११, २०६९
डलरसँगै भारतमा पेट्रोल भाऊ बढयो
डलरसँग भारतीय रुपैयाँको गिर्दो अवस्थाका कारण भारत सरकारले पेट्रोलको मूल्य बढाएको बताएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढिरहेको र डलरसँग भारतिय रुपैया कमजोर बनेपछि अब त्यसको प्रभाव नेपालमा पनि पर्नेछ ।
नेपाल आयल निगमले भारतीय आयल निगमसँग तेल खरिद गरेर नेपालमा आपूर्ति गर्दै आएको छ । भारतमैं पेट्रोलको मूल्य नेपाली रुपैयाँ १२ प्रति लिटरको दरले बढेपछि नेपाल आयल निगमलाई मूल्य बढाउने दबाव परेको छ । नेपाल आयल निगमलाई अहिले पेट्रोला प्रतिलिटर ४ रुपैया ९९ पैसा नाफा छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ कायम छ । पेट्रोलबाट आयल निमगलाई मासिक ८ करोड ४८ लाख रुपैयाँ नाफा भएपनि डिजेल र एलपी ग्याँसको घाटाका कारण निगमको मासिक घाटा अहिले पनि १ अर्ब १० करोड ४० लाख रुपैयाँ छ ।
यसैबीच, डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । १ अमेरिकी डलर किन्न अब ८९ रुपैयाँ ९१ पैसा खर्च गर्नुपर्छ । लगातार भारतीय मुद्रा कमजोर भएपछि डलर महङ्गिएको हो । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर भएकाले त्यसको प्रतक्ष असर नेपालमा पर्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
