थप समाचारसोमबार, माघ २९, २०६९
आगोले जलेर बृद्धाको मृत्यु
हंसपुर–८ बामरुक निवासी ७९ बर्षीय लीला घर्ती मगरको आफ्नै खरबारीमा खर काट्ने क्रममा आगोले जलेर मृत्यु भएको हो । आगोले जलेको अबस्थामा उनको शव खर काटिरहेको स्थानबाट करिब ७० मिटर तल फेला परेको छ ।
खरकाट्दै गरेकी लीलाले आफैंले सल्काएको चुरोटबाट आगो सल्किएपछि आगो निभाउने क्रममा जलेर मृत्यु भएको र छटपटाएर तल खसेको हुन सक्ने स्थानीय बासिन्दाको अनुमान छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
