रमझमशनिबार, फाल्गुण १२, २०६९
‘कमला’ लाई चार विधामा अन्तराष्ट्रिय पुरस्कार
‘कमला’ ले चारवटा पुरस्कार हात पारेपछि फिल्मका निर्माता/निर्देशक अमितेश नारायणले यस क्षेत्रमा निकै चर्चा बटुलेका छन् । बिहारको दरभंगामा आयोजित दरभंगा ईन्टरनेशनल फिल्म फेस्टिभलमा अमितेश नारायणको मैथिलि लघु फिल्म ‘कमला’ ले सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता र अभिनेत्रीको पुरस्कार हात पारेको हो । निर्देशक अमितेश नारायण यसअघि नेपाली फिल्महरुमा पनि देखापरिसकेका छन् ।
सीता र वीर गणेशमान फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा पाईला राखेका नारायणले पछिल्लो समयमा ‘फुल लेन्थ मुभी’ का लागि समय खर्चिदै आएका छन् । करिअरलाई निमार्ता निर्देशकमै सिमित राख्न नचाहने नारायणले प्रदर्शन हुन बा“की रहेका नेपाली फिल्महरु ‘काँडा’ र ‘अन्तराल’ को कथा लेखेका छन् । सन् २००० देखि फिल्म निर्देशनमा आएका नारायणले हालसम्म १२ वटा ड्क्युमेन्ट्री र ७० वटाभन्दा बढी टेलिभिजन विज्ञापन निर्माण गरिसकेका छन् ।
२० माघदेखि शुरु भएको फिल्म फेस्टिभलमा नेपाल, भारत, बांग्लादेश, पाकिस्तान लगायत बिभिन्न १७ राष्ट्रका १२ वटा फिल्म प्रतिस्पर्धामा थिए । ‘कमला’ मा मैथिलि कला–संस्कृति, पहिरनलाई प्राथमिकतामा दिइएको छ । घोड्घास, गंगुली लगायत धनुषाको ग्रामीण क्षेत्रहरुमा छायाड्ढन गरिएको फिल्ममा बैदेशिक रोजगारबाट फर्किएका
युवामा एचआईभीको संक्रमणले उनकी पत्नी समेत संक्रमित भएपछि उनीहरुमा परेको पीडा सन्देशमुलक रुपमा प्रस्तुत गरिएको छ ।
‘कमला’मा अभिनेत्रीको भूमिकामा सञ्जिता लुईटेल छन् भने अभिनेताको रुपमा जनकपुरकै परमेश झा छन् ।
इश्वरचन्द्र झा, जनकपुर