थप समाचारमंगलबार, फाल्गुण १, २०६९
उत्तर कोरियाद्वारा परमाणु परीक्षण

दक्षिण कोरियामा न्युक्लियर रेडियसन अनुगमन गरिंदै । उत्तर कोरियाले गरेको परमाणु परीक्षणबाट महशुस भएको भूकम्पीय धक्का पछि परमाणु परीक्षण भएको पुष्टि भएको थियो । तस्बीरः योनह्याप/इपिए
सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार वैज्ञानिकहरुले एउटा सुक्ष्म परमाणु उपकरणको विष्फोट गराएका छन् जसको तिव्रता ५.१ बताइएको छ । दक्षिण कोरियाले यसलाई मानव निर्मित भूकम्प बताएको छ । यो परीक्षण उत्तर कोरियाले सन् २००६ र २००९ मा गरेको परीक्षणभन्दा निकै ठूलो भएको अनुमान गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसले पनि यसको पुष्टि गरेको छ । उसले उत्तर कोरियाले गरेको परमाणु परीक्षण एक किलोमिटर गहिराईमा भएको जनाएको छ ।
संयुक्र राष्ट्रसंघका महासचिव वान कि मुनले यो परीक्षण संयुक्त राष्ट्रसंघीय प्रस्तावहरुको गम्भीर उल्लंघन भएको भन्दै निन्दा गरेका छन् । उत्तर कोरियाको यो ‘दुस्साहस’ माथि छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक आजै साँझ बस्ने बताइएको छ । जापानका प्रधानमन्त्री शिंजो आबेले उत्तर कोरियाविरुद्ध प्रतिवन्ध लगाउन सकिने बताएका छन् ।
सन् २०१२ डिसेम्बरमा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेपछि जनवरीमा संयुक्त राष्ट्रसंघले थप प्रतिवन्ध लगाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
